यू–१६ क्रिकेटमा रौनकको तुफानी ब्याटिङ, ११७ बलमा २१७ रन प्रहार

काठमाडौं । कर्णालीको सुर्खेतमा भइरहेको टीबी शाह यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले तुफानी पारी खेलेका छन् । मंगलबार गण्डकी प्रदेशविरुद्धको खेलमा आउट हुनुअघि श्रीवास्तवले २१७ बनाए । ११७ बलको सामना गरेका उनले १६ छक्का र १६ चौका प्रहार गरे । अन्डर–१६ मा दोहोरो शतक बनाउने उनी एक्ला ब्याट्समेन बनेका छन् । श्रीवास्तवको […]

Jun 3, 2025 - 10:56
 0
यू–१६ क्रिकेटमा रौनकको तुफानी ब्याटिङ, ११७ बलमा २१७ रन प्रहार

काठमाडौं । कर्णालीको सुर्खेतमा भइरहेको टीबी शाह यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले तुफानी पारी खेलेका छन् ।

मंगलबार गण्डकी प्रदेशविरुद्धको खेलमा आउट हुनुअघि श्रीवास्तवले २१७ बनाए । ११७ बलको सामना गरेका उनले १६ छक्का र १६ चौका प्रहार गरे ।

अन्डर–१६ मा दोहोरो शतक बनाउने उनी एक्ला ब्याट्समेन बनेका छन् । श्रीवास्तवको २१७ रनको मद्दतमा लुम्बिनीले गण्डकीलाई ४५.४ ओभरमा ४०४ रनको लक्ष्य दिएको छ ।

लुम्बिनीका अर्का ब्याटर लक्ष्मण कुमालले ६० रनको योगदान गरे ।

गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, ऋदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक–एक विकेट लिए ।

अहिले गण्डकीले जवाफी ब्याटिङ गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register