अष्ट्रेलियाले भारतलाई १८४ रनले हरायो

काठमाडौं । बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट अस्ट्रेलियाले जितेको छ । मेलवर्नमा भएको खेलमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हराएको हो । यससँगै सिरिजमा अस्ट्रेलियाले २-१ को अग्रता बनाएको छ । अन्तिम दिन सोमबार अस्ट्रेलियाले भारतलाई ३४० रनको लक्ष्य दिएको थियो । भारत १५४ रन बनाएर अलआउट भयो । भारतका लागि यशस्वी जैसवालले ८४ रन बनाउनुबाहेक अन्य […]

Dec 30, 2024 - 06:39
 0
अष्ट्रेलियाले भारतलाई १८४ रनले हरायो

काठमाडौं । बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट अस्ट्रेलियाले जितेको छ ।

मेलवर्नमा भएको खेलमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हराएको हो । यससँगै सिरिजमा अस्ट्रेलियाले २-१ को अग्रता बनाएको छ ।

अन्तिम दिन सोमबार अस्ट्रेलियाले भारतलाई ३४० रनको लक्ष्य दिएको थियो । भारत १५४ रन बनाएर अलआउट भयो ।

भारतका लागि यशस्वी जैसवालले ८४ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाका कप्तान कमिन्सले ३ विकेट लिएका छन् । मिचेल स्टार्क, स्कट बोल्यान्ड, नाथन लियोन र ट्राभिस हेडले एक एक विकेट लिए ।

चौथो दिनको खेल समाप्त हुँदा अष्ट्रेलियाले ९ विकेट गुमाएर २२८ रन बनाएको थियो । पाँचौं दिनको सुरुमा अष्ट्रेलियाको टोली ६ रन जोडेर २३४ रनको स्कोरमा अलआउट भएको थियो र भारतलाई ३४० रनको लक्ष्य दिएको थियो ।

यस खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अष्ट्रेलियाले पहिलो इनिङ्समा ४७४ रनको ठूलो स्कोर बनाएको थियो, जसको जवाफमा भारतले पहिलो इनिङ्समा ३६९ रन बनाएको थियो ।

पहिलो इनिङ्समा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले शतक प्रहार गरे भने भारतका लागि नितिश कुमार रेड्डीले करियरको पहिलो शतक बनाए ।

अब अन्तिम टेस्ट जनवरी ३ देखि सिड्नीमा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register