गुजरातको मुम्बईमाथि ३६ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्समाथि जित हासिल गरेको छ । हैदराबादमा शनिबार राति भएको खेलमा गुजरातले ३६ रनको जित हासिल गरेको हो । गुजरातले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले भेट्टाउन सकेन । मुम्बईले पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १६० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि सूर्यकुमार […]

Mar 30, 2025 - 00:37
 0
गुजरातको मुम्बईमाथि ३६ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्समाथि जित हासिल गरेको छ ।

हैदराबादमा शनिबार राति भएको खेलमा गुजरातले ३६ रनको जित हासिल गरेको हो ।

गुजरातले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले भेट्टाउन सकेन । मुम्बईले पूरै ओभर खेल्दै ६ विकेटको क्षतिमा १६० रन मात्र बनाउन सक्यो ।

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए ।

गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णले सर्वाधिक दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

उसका लागि साई शुदर्शनले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६३ रन बनाए ।

मुम्बईका लागि हार्दिक पाण्ड्याले सर्वाधिक दुई विकेट लिएए ।

गुजरात लिगको तेस्रो स्थानमा छ भने मुम्बई नवौं स्थानमा सीमित छ ।

यसअघि शुक्रबार भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले चेन्नई सुपर किङ्ग्सलाई ५० रनले हराएको थियो ।

हैदराबाद घरेलु मैदानमा लखनऊसँग पाँच विकेटले पराजित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register