भारतका सबैभन्दा धनी र गरिब १० मुख्यमन्त्री (सूचीसहित)

काठमाडौं । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू देशका सबैभन्दा धनी मुख्यमन्त्री हुन् । उनीसँग ९३१ करोड भारुभन्दा बढीको सम्पत्ति छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी १५ लाखको सम्पत्तिसहित सबैभन्दा गरिब हुन् । ३१ राज्य र केन्द्र शासित राज्यका मुख्यमन्त्रीहरूको औसत सम्पत्ति ५२.५९ करोड रुपैयाँ छ, जबकि कुल सम्पत्ति १,६३० करोड रुपैयाँ छ । […]

Dec 31, 2024 - 06:41
 0
भारतका सबैभन्दा धनी र गरिब १० मुख्यमन्त्री (सूचीसहित)

काठमाडौं । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडू देशका सबैभन्दा धनी मुख्यमन्त्री हुन् । उनीसँग ९३१ करोड भारुभन्दा बढीको सम्पत्ति छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी १५ लाखको सम्पत्तिसहित सबैभन्दा गरिब हुन् ।

३१ राज्य र केन्द्र शासित राज्यका मुख्यमन्त्रीहरूको औसत सम्पत्ति ५२.५९ करोड रुपैयाँ छ, जबकि कुल सम्पत्ति १,६३० करोड रुपैयाँ छ ।

एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर)ले डिसेम्बर ३० मा जारी गरेको प्रतिवेदनमा यो जानकारी आएको हो ।

रिपोर्टकाअनुसार भारतको प्रतिव्यक्ति खुद राष्ट्रिय आय सन् २०२३/०२४ मा करिब १ लाख ८५ हजार ८५४ रुपैयाँ थियो भने मुख्यमन्त्रीको औसत आय १३ लाख ६४ हजार ३१० रुपैयाँ थियो । यो भारतको औसत प्रतिव्यक्ति आय भन्दा करिब ७.३ गुणा बढी हो ।

सबैभन्दा धेरै धनी १० मुख्यमन्त्री

सबैभन्दा धनी मुख्यमन्त्रीमा एक नम्बरदेखि १० सम्म क्रमश: आन्ध्र प्रदेशका चन्द्रबाबू नायडू (९३१ करोड), अरुणाचल प्रदेशका पेमा खांडू ३३२ करोड, कर्नाटकका सिद्धारमैया (५१ करोड), नागाल्याण्डका नेफियू रियो (४६ करोड), मध्य प्रदेशका मोहन यादव (४२ करोड), पुडुचेरीका एन रंगासामी (३८ करोड), तेलंगानाका रेवंत रेड्डी (३० करोड), झारखण्डका हेमन्त सोरेन (२५ करोड), आसामका हिमन्त विश्व सरमा (१७ करोड), मेघालयका कोनराड संगमा (१४ करोड) छन् ।

गरिब मुख्यमन्त्री 

सबैभन्दा गरिब पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी हुन् । उनको सम्पत्ति १५ लाख छ । यस्तै, दोस्रोदेखि १० सम्म क्रमश:  जम्मू-कश्मीरका उमर अब्दुल्ला (५५ लाख) , केरलका पिनाराई विजयन (१.१८ करोड), दिल्लीकी आतिशी (१.४१ करोड), राजस्थानका भजनलाल शर्मा (१.४६ करोड), मणिपुरका एन बीरेन सिंह (१.४७ करोड), उत्तर प्रदेशका योगी आदित्यनाथ (१.५४ करोड), बिहारका नीतीश कुमार (१.६४ करोड), पञ्जाबका भगवंत मान (१.९७ करोड), ओडिशाका मोहन चरण माझी (१.९७ करोड) छन् ।

खाण्डुको १८० करोड ऋण, १३ मुख्यमन्त्रीविरुद्ध फौजदारी मुद्दा

अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खान्डुको सबैभन्दा बढी १८० करोड भारु दायित्व छ । कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयामाथि २३ करोड र आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूको १० करोडभन्दा बढी ऋण छ ।

प्रतिवेदनकाअनुसार १३ मुख्यमन्त्री (४२ प्रतिशत)ले आफैँविरुद्ध आपराधिक मुद्दा घोषणा गरेका छन् भने १० (३२ प्रतिशत)ले हत्याको प्रयास, अपहरण, घुसखोरी र आपराधिक धम्कीलगायतका गम्भीर आपराधिक मुद्दाहरू सार्वजनिक गरेका छन् ।

तेलंगानाका मुख्यमन्त्री रेभान्थ रेड्डीविरुद्ध सबैभन्दा बढी ८९ मुद्दा छन् । जसमा ७२ वटा गम्भीर आपराधिक मुद्दा रहेका छन् ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनविरुद्ध ४७ मुद्दा छन्, जसमध्ये ११ गम्भीर छन् । उही समयमा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूविरुद्ध कुल १९ मुद्दा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register