चट्याङ लागेर सप्तरीमा एक बालिकाको मृत्यु

सप्तरी । चट्याङ लागेर सप्तरीमा एक जना बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत उत्तरप्रदेश जिल्ला सामली केरना-८१ घर भई हाल सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका(१४ बस्ने सात वर्षीया जेनव खातुन रहेकी छिन्। शनिबार बिहान साढे ५ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। चट्याङ लागेर अर्का […]

May 17, 2025 - 11:08
 0
चट्याङ लागेर सप्तरीमा एक बालिकाको मृत्यु

सप्तरी

चट्याङ लागेर सप्तरीमा एक जना बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारत उत्तरप्रदेश जिल्ला सामली केरना-८१ घर भई हाल सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका(१४ बस्ने सात वर्षीया जेनव खातुन रहेकी छिन्।

शनिबार बिहान साढे ५ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पतालमा पुर्‍याउँदा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। चट्याङ लागेर अर्का सात वर्षीय बालक जुविर खान घाइते रहेका छन्। मृतक र घाइतेका बुवाआमा सप्तकोशी नदीको बगरमा अस्थायी टहरा हालेर बसिरहेका थिए।

घाइते बालको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register