बेलायती उपमन्त्रीले भेटिन् परराष्ट्रमन्त्री, जलवायुमा फोकस, उठेन गोर्खा मुद्दा

काठमाडौँ, जेठ २– संयुक्त अधिराज्य (यूके) को संसदीय मामिलासम्बन्धी उपमन्त्री ब्यारोनेस हमेनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शुक्रबार शिष्टाचार भेट गरेकी छन् । परराष्ट्रमन्त्री राणा र सगरमाथा संवादमा सहभागिताका लागि नेपाल आएकी उपमन्त्री हमेनबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो। उनीहरुबीच नेपाल र बेलायतबीचको लामो र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धका बारेमा कुराकानी भएको थियो। त्यस क्रममा मन्त्री डा. […]

May 17, 2025 - 06:47
 0
बेलायती उपमन्त्रीले भेटिन् परराष्ट्रमन्त्री, जलवायुमा फोकस, उठेन गोर्खा मुद्दा

काठमाडौँ, जेठ २– संयुक्त अधिराज्य (यूके) को संसदीय मामिलासम्बन्धी उपमन्त्री ब्यारोनेस हमेनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शुक्रबार शिष्टाचार भेट गरेकी छन् । परराष्ट्रमन्त्री राणा र सगरमाथा संवादमा सहभागिताका लागि नेपाल आएकी उपमन्त्री हमेनबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो।

उनीहरुबीच नेपाल र बेलायतबीचको लामो र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धका बारेमा कुराकानी भएको थियो। त्यस क्रममा मन्त्री डा. राणाले बेलायतले नेपालको आर्थिक सामाजिक क्षेत्रमा पुरयाउँदै आएको सहयोगका लागि धन्यवाद दिइन् ।

त्यस क्रममा जलवायु परिवर्तनको असर कम गर्न आगामी दिनमा गर्न सकिने संयुक्त सहकार्यका बारेमा समेत कुराकानी भएको थियो।

मन्त्री डा राणाले त्यस अवसरमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको माग गर्दै आएको स्मरण गराउँदै त्यसमा नेपालले बेलायतको सहयोग र सहकार्यको अपेक्षा गरेको पनि बताइन् ।

त्यसैगरी मन्त्री डा. राणासँग आजै संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्री अब्दुल्लाह बलालाले शिष्टाचार भेट गरे । त्यस अवसरमा उनीहरूबीच नेपाल युएइ सम्बन्ध र आपसी हितका साथै जलवायु परिवर्तनको न्यूनीकरणका क्षेत्रमा गर्न सकिने सहकार्यबारे कुराकानी भएको थियो ।

मन्त्री राणासँग अजरबैजानका राष्ट्रपतिका जलवायु सम्बन्धी विशेष प्रतिनिधि एवं कोप–२९ का अध्यक्ष मुख्तर बाबायबले पनि शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरुबीच नेपाल र अजरबैजानको आपसी सम्बन्ध साथै दुई देशले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सक्ने सहकार्यका बारेमा कुराकानी भएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register