नेवास्देय् दबू आठौं महाधिवेशन सुरु

नवलपरासी । नेवास्देय् दबू आठौं राष्ट्रिय महाधिवेशन शुक्रबार नवलपरासी पूर्वको नवलपुरमा सुरू भएको छ । महाधिवेशनको नेवास्देय् दबूका संरक्षक नरेश ताम्राकारले थारू संग्रहालय डण्डामा पानशमा दीप प्रज्वलन गरि समुद्घाटन गरेका थिए । समुद्घाटन समारोहमा नेवास् देय दबूका सल्लाहकार पूर्व संघीय मन्त्री राजेन्द्र श्रेष्ठ, लगायत महाधिवेशनका लागि आएका ६ सय बढी प्रतिनिधिको उपस्थिति रहेको थियो । […]

May 17, 2025 - 12:41
 0
नेवास्देय् दबू आठौं महाधिवेशन सुरु

नवलपरासी ।


नेवास्देय् दबू आठौं राष्ट्रिय महाधिवेशन शुक्रबार नवलपरासी पूर्वको नवलपुरमा सुरू भएको छ । महाधिवेशनको नेवास्देय् दबूका संरक्षक नरेश ताम्राकारले थारू संग्रहालय डण्डामा पानशमा दीप प्रज्वलन गरि समुद्घाटन गरेका थिए ।

समुद्घाटन समारोहमा नेवास् देय दबूका सल्लाहकार पूर्व संघीय मन्त्री राजेन्द्र श्रेष्ठ, लगायत महाधिवेशनका लागि आएका ६ सय बढी प्रतिनिधिको उपस्थिति रहेको थियो । महाधिवेशनको बन्दसत्र जेठ ३ र ४ गते पर्यटकीय गन्तव्य मध्यवर्ती होमस्टे भिलेज अमलटारीमा संचालन हुने नेवास्देय् दबूका केन्द्रीय उपाध्यक्ष हरि श्रेष्ठले बताए ।

आ-आफ्ना जिल्ला नगरका नेवास् जातीय सांस्कृतिक झाँकी सहित देशभरबाट आएका महाधिवेश प्रतिनिधि, पर्यवेक्षक पाहुनाहरूको उपस्थिति तथा स्वागत द्वार सहितको सजावटले कावासोती नगर झकिझकाउ भएको छ ।

महाधिवेशन उद्घाटन पूर्व सहभागीहरूद्वार जिल्ला सदरमुकाम कावासोती स्थित राममन्दिर गौशाला देखि डण्डा बजार सम्म शोभा यात्रा निकालिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register