सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरवालाको बहस सकियो, भोलिदेखि प्रतिवादीको

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा जाहेरवाला तर्फको बहस सकिएको हो । रास्वपा सभापति रवि लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानून व्यवसायीले बहस गरेका थिए । अब शुक्रबारदेखि प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट […]

Jan 2, 2025 - 11:02
 0
सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरवालाको बहस सकियो, भोलिदेखि प्रतिवादीको

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरवालाका तर्फबाट पनि बहस सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा जाहेरवाला तर्फको बहस सकिएको हो ।

रास्वपा सभापति रवि लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानून व्यवसायीले बहस गरेका थिए ।

अब शुक्रबारदेखि प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो ।

बहसका क्रममा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register