मच्छिन्द्र र भुटानको ट्रान्सपोर्ट युनाइटेडबीच प्रतिस्पर्धा

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज (मङ्गलबार) दुई खेल हुँदैछन् । आज एपीएफ क्लब र सङ्कटा एफसी तथा मच्छिन्द्र एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेडबीच प्रतिस्पर्धा भइरहेकाे हाे । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ र सङ्कटा एफसी भिडिरहेका छन् । यो खेल बिहान साढे ११ बजे सुरु भएको छ । […]

Feb 25, 2025 - 06:04
 0
मच्छिन्द्र र भुटानको ट्रान्सपोर्ट युनाइटेडबीच प्रतिस्पर्धा

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज (मङ्गलबार) दुई खेल हुँदैछन् । आज एपीएफ क्लब र सङ्कटा एफसी तथा मच्छिन्द्र एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेडबीच प्रतिस्पर्धा भइरहेकाे हाे ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा एपीएफ र सङ्कटा एफसी भिडिरहेका छन् । यो खेल बिहान साढे ११ बजे सुरु भएको छ ।

मच्छिन्द्र र ट्रान्सपोर्ट युनाइटेडबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । यो खेल पनि एन्फा कम्प्लेक्समै हुनेछ ।

सोमबार भएका दुई खेलबाट केपी एफसी र त्रिभुवन आर्मी क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।क

फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् ।

हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ पाउने छन् ।

नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घको आयोजनामा भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register