नेपालभ्यूजकर्मी पुडासैनीको देवीघाटमा गरियो दाहसंस्कार
त्रिशूली । हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी नेपालभ्यूजकर्मी श्यामसुन्दर पुडासैनीको शनिबार देवीघाटमा दाहसंस्कार गरिएको छ । नेपाल भ्युजमा कार्यरत पुडासैनीलाई शिक्षण अस्पतालमा शवको परीक्षणपश्चात् तादी र त्रिशूली नदीको संगम देवीघाट नुवाकोटमा दाहसंस्कार गरिएको हो । शुक्रबार कार्यालयको काम सकेर कपनस्थित आफ्नो निवासमा फर्केलगत्तै राती १० बजे हृदयघातका कारण अचेत भएका पत्रकार पुडासैनीलाई […]

त्रिशूली । हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी नेपालभ्यूजकर्मी श्यामसुन्दर पुडासैनीको शनिबार देवीघाटमा दाहसंस्कार गरिएको छ ।
नेपाल भ्युजमा कार्यरत पुडासैनीलाई शिक्षण अस्पतालमा शवको परीक्षणपश्चात् तादी र त्रिशूली नदीको संगम देवीघाट नुवाकोटमा दाहसंस्कार गरिएको हो ।
शुक्रबार कार्यालयको काम सकेर कपनस्थित आफ्नो निवासमा फर्केलगत्तै राती १० बजे हृदयघातका कारण अचेत भएका पत्रकार पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा पुर्याएएको थियो । तर अस्पताल पुगे लगत्तै उनलाई चकित्सकले मृत घोषणा गरेका थिए ।
दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ नुवाकोट जिल्ला शाखाका अध्यक्ष नमराज सुवेदीसहित जिल्लास्थित पत्रकार, शुभचिन्तकलगायत व्यक्तिले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
नुवाकोटबाट तेह्र वर्षअघि पत्रकारिता सुरु गरेका उनी यस अवधिसम्म एक दर्जनभन्दा बढी छापा, रेडियो, टिभी र अनलाइन माध्यममा आबद्ध भएर जोखिमपूर्ण खोज पत्रकारितामा सक्रिय रहँदै आएका थिए ।
What's Your Reaction?






