विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा  र छोरीको मृत्यु

धनगढी,१० फागुन । कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले शुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा [...] The post विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा  र छोरीको मृत्यु appeared first on Jhapa Online.

Feb 22, 2025 - 11:12
 0
विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा  र छोरीको मृत्यु

धनगढी,१० फागुन । कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले शुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएको बताए ।

मृतकका छोराले दुवै जनालाई उपचारका लागि धनगढीको कैलाली अस्पताल ल्याएका थिए तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बोहराले बताए ।

उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा  र छोरीको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register