गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

काठमाडौँ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंस्थित हनुमान ढोकासम्मको पदयात्रा गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रा कार्यक्रम आज गोरखा दरबारबाट शुभारम्भ भएको छ । पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो […]

Jan 5, 2025 - 11:10
 0
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

काठमाडौँ।

३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंस्थित हनुमान ढोकासम्मको पदयात्रा गोरखा-काठमाडौं एकीकरण मार्ग पदयात्रा कार्यक्रम आज गोरखा दरबारबाट शुभारम्भ भएको छ ।

पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका ५ (पाँच) कम्पनीहरू (श्रीनाथ, कालीबक्स, बर्दवाणी, पुरानो गोरख तथा सबुज ) को झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोसाक तथा परम्परागत बाजागाजासहितको टोली सहभागी रहेको छ।

श्री पश्चिम पृतनापति उपरथी मधुकर सिंह कार्कीको प्रमुख आतिथ्यमा शुभारम्भ भएको उक्त पदयात्रा कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख तथा उप- प्रमुख, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख/प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

पदयात्रा कार्यक्रम धादिङ, नुवाकोट हुँदै हनुमानढोका पुगेर यही पौष २७ गते जङ्गी अड्डामा आयोजना हुने विशेष समारोहकाबिच समापन हुने बताइएको छ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पौष २७ गते जङ्गी अड्डास्थित सभामण्डपमा राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको देन सम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शन, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुने नेपाली सेनाले जानेको छ । त्यस्तै, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूमा विविध कार्यक्रमहरू सञ्चालन भई रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register