साताको पहिलो दिन नेप्सेमा सामान्य सुधार

काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सञ्चेज (नेप्से) आज ५.३२ अङ्कले बढेको छ । आज ५.३२ अङ्कले बढेको नेप्से २५९१.५६ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार कारोबारमा आएकामध्ये १४१ ओटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ ओटाको सेयर मूल्य ओरालो लागेको छ […]

Jan 5, 2025 - 11:10
 0
साताको पहिलो दिन नेप्सेमा सामान्य सुधार

काठमाडौं ।

आइतबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ ।

साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सञ्चेज (नेप्से) आज ५.३२ अङ्कले बढेको छ । आज ५.३२ अङ्कले बढेको नेप्से २५९१.५६ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार कारोबारमा आएकामध्ये १४१ ओटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ ओटाको सेयर मूल्य ओरालो लागेको छ । यसैगरी ८ ओटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । 

आज ३२७ ओटा कम्पनिको  ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर ६१ हजार १६७ पटकमा कारोबार भएको छ । त्यस्तै, आजको सेयर कारोबार रकम भने ४ अर्ब ८६ करोड २ लाख रुपैयाँ कायम हुन पुगेको छ ।

साथै, बजार पुँजीकरण रकम भने ४२ खर्ब ९८ अर्ब ६१ करोड कायम भएको नेप्सेले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register