महालक्ष्मी एल्मुनाई एशोसिएसनको छैटौँ वार्षिक साधारणसभा, श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

७७ वर्षे इतिहास बोकेको लुभुस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको संस्था महालक्ष्मी एल्मुनाई एशोसिएसनको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले पुनः दीपककुमार श्रेष्ठको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा प्रल्हाद विष्ट, सचिवमा इन्द्रभक्त मास्के, सहसचिवमा प्रकाश खत्री, कोषाध्यक्षमा रिता श्रेष्ठ, तथा सदस्यहरूमा इन्द्रकमल श्रेष्ठ, पुष्पराज श्रेष्ठ, सुरेश बस्नेत, […]

Jan 5, 2025 - 12:14
 0
महालक्ष्मी एल्मुनाई एशोसिएसनको छैटौँ वार्षिक साधारणसभा, श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

७७ वर्षे इतिहास बोकेको लुभुस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको संस्था महालक्ष्मी एल्मुनाई एशोसिएसनको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले पुनः दीपककुमार श्रेष्ठको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा प्रल्हाद विष्ट, सचिवमा इन्द्रभक्त मास्के, सहसचिवमा प्रकाश खत्री, कोषाध्यक्षमा रिता श्रेष्ठ, तथा सदस्यहरूमा इन्द्रकमल श्रेष्ठ, पुष्पराज श्रेष्ठ, सुरेश बस्नेत, मदन गौतम, सविता श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठ चयन भएका छन् ।

 यसअघि सभाले अध्यक्ष श्रेष्ठले पेश गरेको वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना तथा कोषाध्यक्ष रिता श्रेष्ठले पेश गरेको आव २०८०-०८१ को आयव्यय विवरण पारित गरेको थियो । 

लुभुमा २००४ सालमा स्थापना भएको र २०२४ देखि एसएलसी दिन प्रारम्भ गरेको श्री महालक्ष्मी माध्यमिक विद्यालयमा छ वर्षअघि यो एशोसिएशन गठन गरिएको थियो । यसमा हाल १५० आजीवन र २३५ साधारण सदस्य छन् । 

पूर्वप्रधानाध्यापक निलप्रसाद दुलाल प्रमुख अतिथि रहेको सभामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर श्रेष्ठले एशोसिएसनसँग हातेमालो गर्दै अघि बढनुपर्ने बताए । सो अवसरमा प्रमुख अतिथि दुलालले विभिन्न कक्षाका विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेका थिए । 

कक्षा १२ मा विद्यालयबाट सर्वोत्कृष्ट हुने सतीदेवी श्रेष्ठले १० हजार राशीको रामभक्त ठुलनानी पुरस्कार पाइन । यस्तै कक्षा ११ र १२ मा अध्ययनरत छात्राद्वय सरिस्मा केसी र मन्दीना आलेले प्रल्हाद विष्टद्वारा स्थापित छात्रवृत्ति प्राप्त गरे । कक्षा ७ का ज्ञानी सुनारले श्री भक्तबस्नेत द्वारा प्रदान गरिने छात्रवृत्ति, एसइइमा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रा राघिणी पालले रिपु इन्द्र शैक्षिक छात्रवृत्ति पुरस्कार पाएकी थिइन । 

विद्यालयबाट एसइइ दिएर कक्षा ११ मा अध्ययनरत सुजन विकले मरिचलाल चन्द्रमाया छात्रवृत्ति प्राप्त गरे । कार्यक्रममा १० हजार राशीको बहिदार रामबहादुर श्रेष्ठ पुरस्कार विद्यालयका सामाजिक शिक्षक प्रमिला श्रेष्ठ र कृष्णलाल हिरादेवी उत्कृष्ट प्रोत्साहन पुरस्कार शिक्षक मेदनाथ सापकोटालाई प्रदान गरिएको थियो । 

यसैगरी नयाँ पुरस्कार कोष स्थापना गर्ने डा. राजकुमार थापा र रूपचन केसीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष स्व. हरिरमण थापाको स्मृतिमा अर्को पुरस्कार कोष स्थापना गरिएको पनि जानकारी दिइयो । यस्तै विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न १४ विद्यार्थीलाई ड्रेस पनि प्रदान गरिएको थियो ।

एशोसिएसनका अध्यक्ष दीपककुमार श्रेष्ठले प्रगति विवरण पेश गर्दै विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि व्यवस्थापन समिति र प्रशासनलाई हरसम्भव सहयोग गरिरहेको र आगामी दिनमा पनि गरिरहने बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register