नेदरल्यान्ड्सविरुद्ध नेपालको लगातार दोस्रो जित दर्ता

झापा, २२ जेठ । नेपालले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ। नेदरल्यान्ड्सलाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो । बुधबार राति सकिएको शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शानदार जित निकालेको हो । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको [...] The post नेदरल्यान्ड्सविरुद्ध नेपालको लगातार दोस्रो जित दर्ता appeared first on Jhapa Online.

Jun 5, 2025 - 02:53
 0
नेदरल्यान्ड्सविरुद्ध नेपालको लगातार दोस्रो जित दर्ता

झापा, २२ जेठ । नेपालले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित दर्ता गरेको छ। नेदरल्यान्ड्सलाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।

बुधबार राति सकिएको शृंखलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शानदार जित निकालेको हो । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो।

सन् २०२४ को फेब्रुअरीमा घरेलु मैदानमा भएको त्रिकोणात्मक शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई १ खेलमा पराजित गर्दा १ खेलमा हार भोगेको थियो। स्कटल्यान्डमा भएको खेलमा नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले १७ बलअगावै ४ विकेटको क्षतिमा भेट्टायो । त्रिकोणात्मक शृंखलाअन्तर्गत आगामी आइतबार नेपालले स्कटल्यान्डविरुद्ध पुनः खेल्नेछ।

The post नेदरल्यान्ड्सविरुद्ध नेपालको लगातार दोस्रो जित दर्ता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register