‘भ्वाइस किड्स’ चौंथो सिजनको कोचमा प्रमोद खरेल

गायक प्रमोद खरेल सुरुवातदेखि लगातार ‘भ्वाइस अफ नेपाल’को कोचको रुपमा देखिए । तर, छैटौं सिजनमा उनी देखिएनन् । त्यतिबेला उनले एक सिजनलाई विश्राम लिएको बताएका थिए । कोचको रुपमा नहुँदा पनि दर्शकले प्रमोदको खोजी गरिरहे । उनको माग भैरह्यो । ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन यसैसाता सकिएको छ र निर्माता ‘किड्स संस्करण’ ल्याउने तयारीमा छन् [...] The post ‘भ्वाइस किड्स’ चौंथो सिजनको कोचमा प्रमोद खरेल appeared first on Jhapa Online.

May 8, 2025 - 09:52
 0
‘भ्वाइस किड्स’ चौंथो सिजनको कोचमा प्रमोद खरेल


गायक प्रमोद खरेल सुरुवातदेखि लगातार ‘भ्वाइस अफ नेपाल’को कोचको रुपमा देखिए । तर, छैटौं सिजनमा उनी देखिएनन् । त्यतिबेला उनले एक सिजनलाई विश्राम लिएको बताएका थिए ।

कोचको रुपमा नहुँदा पनि दर्शकले प्रमोदको खोजी गरिरहे । उनको माग भैरह्यो । ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन यसैसाता सकिएको छ र निर्माता ‘किड्स संस्करण’ ल्याउने तयारीमा छन् ।

मे २० देखि ‘भ्वाइस किड्स’ चौंथो सिजनको ब्लाइन्ड अडिसनको छायांकन सुरु हुने तयारीमा छ । यो बीचमा दर्शकलाई खुसीको खबर छ । ‘भ्वाइस किड्स’मा प्रमोद कोचको रुपमा देखिनेछन् ।

शो निर्देशक लक्ष्मण पौड्यालले कोचको रुपमा प्रमोदले निरन्तरता दिने बताए । ‘अहिलेसम्म उहाँ कोचमा पक्कापक्की नै हो’ निर्देशक पौड्यालले भने ।
उनका अनुसार मेलिना राई र खेम सेन्चुरी पनि कोचको रुपमा देखिनेछन् । यद्यपि, यी कोचबारे औपचारिक घोषणा हुन बाँकी छ । अर्का एक कोच तय हुन बाँकी रहेको जनाइएको छ ।

‘भ्वाइस किड्स’को यो सिजनमा नेपाल, भारत र विभिन्न देशबाट समेत बालबालिकाले आवेदन दिएको निर्देशक पौड्यालले बताए । ब्लाइन्ड अडिसनमा एकजना कोचको समूहमा १२ जना प्रतिस्पर्धी हुनेछन् ।

The post ‘भ्वाइस किड्स’ चौंथो सिजनको कोचमा प्रमोद खरेल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register