बिर्तामोडको कृषिथोकमा ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च

बिर्तामोड, १६ फागुन । बिर्तामोड स्थित कृषिथोक बजारमा बिक्रीका लागि ल्याईएको २ क्विन्टल ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च भेटिएपछि नष्ट गरिएको छ । विषादी प्रयोगशालाको आज ९शुक्रबार०को रिपोर्ट अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित मियावाडीमा भारतिय नागरिक पंकजकुमार रायले उत्पादन गरेको ब्रोकाउली र काउलीमा अत्याधिक विषादी भेटिएको हो । रिपोर्ट अनुसार ब्रोकाउलीमा ९५।१४ [...] The post बिर्तामोडको कृषिथोकमा ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च appeared first on Jhapa Online.

Feb 28, 2025 - 09:26
 0
बिर्तामोडको कृषिथोकमा ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च

बिर्तामोड, १६ फागुन । बिर्तामोड स्थित कृषिथोक बजारमा बिक्रीका लागि ल्याईएको २ क्विन्टल ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च भेटिएपछि नष्ट गरिएको छ ।

विषादी प्रयोगशालाको आज ९शुक्रबार०को रिपोर्ट अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित मियावाडीमा भारतिय नागरिक पंकजकुमार रायले उत्पादन गरेको ब्रोकाउली र काउलीमा अत्याधिक विषादी भेटिएको हो । रिपोर्ट अनुसार ब्रोकाउलीमा ९५।१४ प्रतिशत र काउलीमा ९६।५२ प्रतिशत विषादी फेला परेको हो ।

काउली र ब्रोकाउलीमा विषादीको मात्रा उच्च फेलापरेपछि बिर्तामोड नगरपालिकाको कृषिशाखा प्रमुख राजेन्द्र कडरिया, वडा नम्बर ३का वडासदस्य हरि बाँस्कोटा, कृषि प्राविधिक, नगर प्रहरीसहितको टोलीले तरकारी बारीको अनुगमन गरेको छ ।

अनुगमनकाक्रममा कृषिशाखा प्रमुख कडरियाले अब अर्को पटक चेक जाँच नगरेसम्म ब्रोकाउली, काउली टिपेर बिक्री बितरण नगर्न निर्देशन दिनुभएको छ । उहाँले दोश्रो पटकको चेकजाँचमा पनि विषादी देखिए बारीमै नष्ट गर्ने जानकारी दिनु भएको छ । तरकारीमा ३५ प्रतिशत भन्दा बढि बिषादी भेटिए खान अयोग्य मानिन्छ ।

The post बिर्तामोडको कृषिथोकमा ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register