प्रेमिकासँग ब्रेकअप भएपछि यी युवाले ९७५ मिलियन डलरमा बेचे कम्पनी

काठमाडौं । केही व्यक्तिहरूले आफ्नो जीवनको ठूलो हिस्सा कम्पनी बनाउन खर्च गर्छन् । कतिपय यस्ता छन्, जसले सानै उमेरमा ठूलो कम्पनी बनाएर बेच्छन् । तीमध्ये विनय हिरेमठ पनि एक हुन् । तर, विनयले कम्पनी बेच्नुको कारण निकै अनौठो छ । आफ्नी प्रेमिकासँग ब्रेकअप पछि उनले कम्पनी बेचेका हुन् । उनले आफ्नो कम्पनी १०, २० करोड […]

Jan 6, 2025 - 07:20
 0
प्रेमिकासँग ब्रेकअप भएपछि यी युवाले ९७५ मिलियन डलरमा बेचे कम्पनी

काठमाडौं । केही व्यक्तिहरूले आफ्नो जीवनको ठूलो हिस्सा कम्पनी बनाउन खर्च गर्छन् ।

कतिपय यस्ता छन्, जसले सानै उमेरमा ठूलो कम्पनी बनाएर बेच्छन् । तीमध्ये विनय हिरेमठ पनि एक हुन् ।

तर, विनयले कम्पनी बेच्नुको कारण निकै अनौठो छ । आफ्नी प्रेमिकासँग ब्रेकअप पछि उनले कम्पनी बेचेका हुन् ।

उनले आफ्नो कम्पनी १०, २० करोड रुपैयाँमा नभई ९७५ मिलियन डलर (लगभग ८४०० करोड भारु)मा बेचेका छन् । अब उनले सामाजिक सञ्जालमा यो रकम कहाँ खर्च गर्ने भनेर सोधेका छन् ।

३३ वर्षीय विनय हिरेमठ भारतीय मूलका व्यापारी हुन् र अमेरिकामा बस्छन् । उनी लूम कम्पनीका सह-संस्थापक हुन् ।

उनले सन् २०२३ मा आफ्नो स्टार्टअप ९७५ मिलियन डलरमा बेचेका हुन् । यो Atlassian ले खरिद गरेको थियो ।

विनय आफ्नो कम्पनी बेचेर रातारात अर्बपति बनेका छन् । अहिले उनले लामो ब्लग लेखेका छन् । जसमा उनले आफ्नो जीवनमा भइरहेको परिवर्तनका बारेमा विस्तृत रुपमा व्याख्या गरेका छन् ।

विनयले ब्लगमा लेखेका छन्, ”म धनी व्यक्ति बनेको छु । अब मेरो जीवनलाई के गरुँ बुझ्दिन । गत वर्ष मेरो लागि धेरै गाह्रो थियो । गत वर्ष कम्पनी बेचिसकेपछि म अब फेरि कहिल्यै काम नगर्ने अनौठो स्थितिमा छु । म हरेक कुरामा नयाँ कुरा पाउँछु, तर प्रेरणादायी होइन । मैले पहिले नै यति धेरै पैसा कमाएको छु कि मलाई के गर्ने थाहा छैन ।”

विनयले ब्लगमा आफ्नी प्रेमिकाको बारेमा पनि लेखेका छन् । उनले लेखेका छन्, ”मेरी प्रेमिकासँग दुई वर्षदेखि निकै सौहार्दपूर्ण सम्बन्ध थियो । तर, असुरक्षाका कारण उनले मसँग ब्रेकअप गरिन् । यो एकदम दु:खद् कुरा थियो । तर, यो लिनु सही निर्णय थियो ।”

विनयले ब्लगमा प्रेमिकासँग माफी पनि मागेका छन् । उनले आफ्नी प्रेमिकाका लागि लेखे, ”सबै कुराको लागि धन्यवाद । मलाई माफ गर्नुहोस् म तिमीलाई चाहिएको हुन सकिन ।”’

विनयको कम्पनी लूम किन्ने व्यक्तिले विनयलाई सीटीओको पद र ६ करोड डलरको प्याकेज प्रस्ताव गरेका छन् । विनयले एटलासियनको यो प्रस्तावमा आफूले कुनै निर्णय गर्न नसकेको बताएका छन् । विनयले लेखेका छन् – ”म इलोन मस्क जस्तै बन्न चाहन्छु ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register