सामसङले ल्यायो बिस्पोक एआई वासिङ मेसिन
काठमाडौं । सामसङले ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वास, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वासिङ मेसिन नेपाली बजारमा उपलब्ध गराएको हो । स्मार्टथिंगस् एपद्वारा स्मार्टफोनमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ […]

काठमाडौं । सामसङले ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।
सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वास, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वासिङ मेसिन नेपाली बजारमा उपलब्ध गराएको हो ।
स्मार्टथिंगस् एपद्वारा स्मार्टफोनमार्फत टाढाबाटै नियन्त्रण गर्न सकिने सामसङको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउने कम्पनीको अपेक्षा छ ।
यसका साथै धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेस् सुविधाले उपयुक्त धुलाई साइकल पनि सुझाउँछ । यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।
यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई वृद्धि गरी गहिराइलाई ६००एमएममा राखेर कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ ।
यो नयाँ वासिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस, र लुगाको सफाईलाई प्राथमिकता दिन्छ ।
१२केजी लाइन–अप दुइवटा फरक मोडलहरूमा उपलब्ध छ– डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM। यी दुवै मोडलहरूको मूल्य क्रमशः रु १ लाख १४ हजार ९९० र रु १ लाख २० हजार ९९० रहेको छ ।
यस वासिङ मेसिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनबिक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा देशभर भरी उपलब्ध गराइएको छ ।
What's Your Reaction?






