बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज अचानक काठमाडौँ फर्काइयो 

काठमाडौँ । बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । काठमाडौँबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको उडान नम्बर ९५३ को कलसाइन ९एन-एजेएस विमानमा प्राविधिक समस्या देखिएको हो ।  त्रिभुवन विमानस्थलबाट टेकअफ गरिसकेको जहाजको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको थियो ।  आधा समय उडान गरिसकेको विमानको इन्जिनमा समस्या रहेको थाहा पाएपछि पाइलटले उक्त जहाज पुनः काठमाडौँ […]

Jan 6, 2025 - 07:17
 0
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, भद्रपुर उडेको जहाज अचानक काठमाडौँ फर्काइयो 

काठमाडौँ । बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । काठमाडौँबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको उडान नम्बर ९५३ को कलसाइन ९एन-एजेएस विमानमा प्राविधिक समस्या देखिएको हो । 

त्रिभुवन विमानस्थलबाट टेकअफ गरिसकेको जहाजको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । 

आधा समय उडान गरिसकेको विमानको इन्जिनमा समस्या रहेको थाहा पाएपछि पाइलटले उक्त जहाज पुनः काठमाडौँ फर्काएका छन् । 

हाल इन्जिनमा समस्या देखिएको भनिएको जहाजको प्राविधिक टोलीले जाँच गरिरहेको छ । आधा उडान गरिसकेपछि फेरी काठमाडौँ फर्काइएको जहाजका यात्रुलाई भने अर्को विमानमार्फत भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरका एक अधिकारीले जानकारी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register