मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने

एजेन्सी । मलेसियाको जेलमा रहेका पूर्वनेता नजिब रजाकले आफ्नो दाबीको समर्थनमा शाही आदेश जारी गर्न सक्ने बताएपछि उनले बाँकी सजाय घरमा नै बिताउन पाउने भएका छन् । सार्वभौम सम्पत्ति कोष वानएमडीबीको लुटपाटसँग सम्बन्धित भ्रष्टाचारको अभियोगमा छ वर्षको जेल सजाय काटिरहेका ७१ वर्षीय नाजिबले सन् २०१८ को चुनावमा भ्रष्टाचार आरोपका कारण निर्वाचनमा पराजय भोग्नुपरेको थियो । […]

Jan 6, 2025 - 12:17
 0
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने

एजेन्सी । मलेसियाको जेलमा रहेका पूर्वनेता नजिब रजाकले आफ्नो दाबीको समर्थनमा शाही आदेश जारी गर्न सक्ने बताएपछि उनले बाँकी सजाय घरमा नै बिताउन पाउने भएका छन् ।

सार्वभौम सम्पत्ति कोष वानएमडीबीको लुटपाटसँग सम्बन्धित भ्रष्टाचारको अभियोगमा छ वर्षको जेल सजाय काटिरहेका ७१ वर्षीय नाजिबले सन् २०१८ को चुनावमा भ्रष्टाचार आरोपका कारण निर्वाचनमा पराजय भोग्नुपरेको थियो ।

उनले आर्थिक घोटालासँग सम्बन्धित अन्य थुप्रै मुद्दाहरूको सामना गरिरहेका छन् ।

पूर्वराजाले उनलाई आफ्नो बाँकी सजाय स्वदेशमा नै बिताउन अनुमति दिने आदेशको आधारमा पुनरावेदन अदालतमा बहस  भएको थियो ।

तीन सदस्यीय बेन्चले २–१ ले नजिबको अपिललाई उच्च अदालतमा आफ्नो मुद्दाको बहसका लागि शाही घोषणाको प्रयोग गर्न अनुमति दिने फैसला सुनाएको हो ।

“घोषणाको अस्तित्वको कुनै चुनौती छैन भन्ने तथ्यलाई ध्यानमा राख्दै, आदेशको पालना गरिएको छैन भन्ने कुनै आधार भेटिएन,” फैसलामा सम्लग्न तीन न्यायाधीशमध्ये एक मोहम्मद फिरुज जाफ्रिलले भने ।

उच्च अदालतले जुलाईमा फैसला सुनाएको थियो । कागजातको अस्तित्वको बारेमा नजिबको दावीलाई समर्थन गर्ने शपथपत्रहरू प्रमाणको रूपमा अस्वीकार्य थिए । वादीले दावी गरेका ती प्रमाणहरू लिखितरूपमा थिएनन् ।

सोमबारको फैसलाको अर्थ यो मुद्दा फेरि उच्च अदालतमा जानेछ, जहाँ नजिबलाई नजरबन्दमा राख्ने प्रयासलाई समर्थन गर्न प्रमाणको रूपमा शाही घोषणा पेश गर्न सकिन्छ ।

सन् २०२० को जुलाईमा नाजिबलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो तर पछि क्षमादान बोर्डले उक्त सजाय आधा घटाएको थियो ।

उनले ५० करोड अमेरिकी डलरभन्दा बढी घूस र सम्पत्ति शुद्धीकरणका विभिन्न अभियोगमा संलग्नता रहेको भनिएको भ्रष्टाचारको आरोपविरुद्ध पनि आफ्नो बचाउ गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register