विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माओवादी केन्द्रको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ । उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकार र नेपाल शिक्षक सङ्घबीच भएको सहमतिका आधारमा उक्त ऐन जारी हुनुपर्ने माग राखेका हुन् । ‘हाम्रो पार्टीबाट तत्कालीन प्रधानमन्त्री […]

Apr 7, 2025 - 08:45
 0
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माओवादी केन्द्रको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ ।

उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकार र नेपाल शिक्षक सङ्घबीच भएको सहमतिका आधारमा उक्त ऐन जारी हुनुपर्ने माग राखेका हुन् ।

‘हाम्रो पार्टीबाट तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार र नेपाल शिक्षक महासङ्घबीच २०८० असोज ५ गते र १२ गतेको मितिमा भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यस विषयलाई प्राथमिकतामा राखी विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन पनि माओवादी केन्द्रले माग राखेको छ ।

‘यस विषयलाई प्राथमिकतामा राखी विशेष अधिवेशन या अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरूलाई शैक्षिक जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन पनि सरकारसहित सम्बद्ध सबै पक्षसँग हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको , ‘साथै, शिक्षकहरूको मागप्रति ऐक्यबद्धता व्यक्त गर्दै आम जनसमुदायमा समेत शिक्षकहरूको आन्दोलनका पक्षमा उभिन आह्वान गर्दछौं ।’

उक्त सहमतिअनुरुप तर्जुमा भएको विधेयकलाई महत्व दिएर यथाशीघ्र पारित गर्नुपर्नेमा काङ्ग्रेस र एमालेको गठबन्धन सरकारले हजारौं शिक्षक र लाखौं विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलवाड गरेको माओवादी केन्द्रको आरोप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register