भूकम्प अपडेटः कलेजहरुमा बिहानी कक्षा स्थगित, आजलाई बिदा !  

काठमाडौँ । धेरैपछि काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस गरिएपछि अधिकांश कलेज तथा स्कुलहरुले बिहानी कक्षा स्थगित गरेका छन् ।  मंगलबार बिहान ६ः५० बजे नेपाल-चीन सीमाना तिब्बतको दिंगो कान्टी केन्द्रबिन्दु भएर गएको ७ म्याग्नेच्युडको भूकम्पको धक्का काठमाडौँसहित नेपालका प्रायः ठाउँमा महसुस गरिएको थियो ।  २०७२ साल सम्झाउने गरी भूकम्पको धक्का महसुस गरिएपछि मानिसहरुको भागाभाग भएको थियो […]

Jan 7, 2025 - 02:02
 0
 भूकम्प अपडेटः कलेजहरुमा बिहानी कक्षा स्थगित, आजलाई बिदा !  

काठमाडौँ । धेरैपछि काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस गरिएपछि अधिकांश कलेज तथा स्कुलहरुले बिहानी कक्षा स्थगित गरेका छन् । 

मंगलबार बिहान ६ः५० बजे नेपाल-चीन सीमाना तिब्बतको दिंगो कान्टी केन्द्रबिन्दु भएर गएको ७ म्याग्नेच्युडको भूकम्पको धक्का काठमाडौँसहित नेपालका प्रायः ठाउँमा महसुस गरिएको थियो । 

२०७२ साल सम्झाउने गरी भूकम्पको धक्का महसुस गरिएपछि मानिसहरुको भागाभाग भएको थियो । एकाबिहानै भूकम्पको ठूलो धक्का महसुस गरिएपछि काठमाडौँका विद्यालय/कलेजहरुले बिहानी कक्षा स्थगित गरेका छन् । 

लामो समयसम्म भुकम्पको धक्का महसुस गरिएपछि पुनः भूकम्प आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै बिहानी कक्षा स्थगित गरिएको शैक्षिक संस्थाहरुले जनाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register