जस्मिन पेन्ट्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्काशन गर्ने भएको हो । जस्मिन पेन्ट्सले आइपीओ  निष्काशनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा  जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण […]

Jan 7, 2025 - 06:56
 0
जस्मिन पेन्ट्सले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौँ । जस्मिन पेन्ट्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्काशन गर्ने भएको हो ।

जस्मिन पेन्ट्सले आइपीओ  निष्काशनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौतापत्रमा  जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका  हुन् ।

जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोबार र बजार विस्तार गर्दै आईरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register