नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता भएको छ। नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का र फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका छन्। सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले […]

May 22, 2025 - 13:38
 0
नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

काठमाडौँ । नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता भएको छ। नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का र फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका छन्। सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का र फुकुवा अनलाइनबाट सम्पन्न हुने भएको छ ।

यसले आवास र सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register