शीर्ष स्थानको गुजरातलाई लखनउको धक्का

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्टले गुजरात टाइटन्समाथी ३३ रनको जित निकालेको छ । बिहीबारराति सम्पन्न खेलमा भएको यो जितसँगै लखनउले शीर्ष स्थानमा रहेको गुजरातलाई धक्का दिएको छ । लखनउको २३६ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो । गुजरातका लागि शाहरुख […]

May 23, 2025 - 01:35
 0
शीर्ष स्थानको गुजरातलाई लखनउको धक्का

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्टले गुजरात टाइटन्समाथी ३३ रनको जित निकालेको छ । बिहीबारराति सम्पन्न खेलमा भएको यो जितसँगै लखनउले शीर्ष स्थानमा रहेको गुजरातलाई धक्का दिएको छ ।

लखनउको २३६ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो । गुजरातका लागि शाहरुख खानले सर्वाधिक ५७ रनको योगदान दिए भने शेरफान रुदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५, जोस बटलरले ३३ र साई सुदर्शनले २१ रन बनाएका थिए ।

यसअघि, पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा २ विकेट गुमाएर २३५ रनको योगफल खडा गरेको थियो ।

प्लेअफको दौडबाट बाहिरिएको लखनउको यो जितपछि १३ खेलमा १२ अंक भएको छ र तालिकाको छैटौं स्थानमा रहेको छ । यता, गुजरात १३ खेलमा १८ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register