मन्त्रिपरिषद् बैठक बस्नुअघि गभर्नर सिफारिस समितिको बैठक आह्वान

काठमाडौं । गभर्नर छनोट सिफारिस समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले बैठक बोलाएका छन् । मंगलबार अपराह्न बस्न लागेको मन्त्रिपरिषद् बैठकभन्दा अगाडि बस्ने गरी समितिको बैठक आह्वान गरिएको समितिका संयोजक तथा अर्थमन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ । आज बस्ने समितिको उक्त बैठकले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने भएको छ । समितिले नाम सिफारिस […]

May 20, 2025 - 09:30
 0
मन्त्रिपरिषद् बैठक बस्नुअघि गभर्नर सिफारिस समितिको बैठक आह्वान

काठमाडौं । गभर्नर छनोट सिफारिस समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले बैठक बोलाएका छन् । मंगलबार अपराह्न बस्न लागेको मन्त्रिपरिषद् बैठकभन्दा अगाडि बस्ने गरी समितिको बैठक आह्वान गरिएको समितिका संयोजक तथा अर्थमन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।

आज बस्ने समितिको उक्त बैठकले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने भएको छ । समितिले नाम सिफारिस गरेको खन्डमा मन्त्रिपरिषद् बैठकले आजै गभर्नर नियुक्ति समेत गर्ने बताइएको छ ।

गत चैत ११ गते गठन भएको समिति दुई पटकसम्म पुनर्गठन भइसकेको छ । गठन भएको एक महिनासम्म बैठक नबसेको भन्दै पूर्व गभर्नर विजयनाथ भट्टराईले समिति सदस्यबाट वैशाख ९ मा राजीनामा दिएका थिए । उनले राजीनामा दिएको केही समयपछि चैत २५ मा कार्यकाल सकिएका गभर्नर महाप्रसाद अधिकारीलाई समितिको सदस्यमा नियुक्त गरिएको थियो ।

त्यसपछि समितिका अर्का सदस्य विश्व पौडेलले पनि समितिबाट राजीनामा दिए । उनले आफै गभर्नर बन्नका लागि पदबाट राजीनामा दिएको चर्चा चलिरहेको छ । उनले राजीनामा दिएपछि विज्ञ सदस्यका रूपमा पोषराज पाण्डे सदस्य छन् ।

समितिको आज बस्ने बैठकले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ ।

कानुनत: गभर्नरको पदावधि सकिनु एक महिनाअघि नै नियुक्ति प्रकिया सुरु गर्नुपर्ने व्यवस्था रहे पनि सरकारले एक महिना बितिसक्दा समेत सिफारिस गर्न सकेको छैन । सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरको कसको भागमा पर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा नियुक्ति प्रक्रिया लम्बिएको हो ।

मंगलबार बिहान मात्रै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच  भेटएको केही समयमा नै  गभर्नर सिफारिस समितिको बैठक आह्वान भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register