इन्टरलाई एक अंकले पछि पार्दै नापोलीले जित्यो सिरी ’ए’को उपाधि

नेपल्स । साविक विजेता इन्टर मिलानलाई एक अंकले पछि पार्दै नापोलीले इटालियन सिरी ’ए’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नापोलीले शुक्रबार राति काग्लियारीलाई २–० ले पराजित गर्दै सेरी ’ए’ फुटबल लिगको उपाधि आफ्नो नाममा पारेको हो । स्कट म्याकटोमिने र रोमेलु लुकाकुको गोलले घरेलु मैदानमा नापोलीलाई विजयी बनायो । यससँगै नापोलीले तीन वर्षमा दोस्रो […]

May 24, 2025 - 04:20
 0
इन्टरलाई एक अंकले पछि पार्दै नापोलीले जित्यो सिरी ’ए’को उपाधि

नेपल्स । साविक विजेता इन्टर मिलानलाई एक अंकले पछि पार्दै नापोलीले इटालियन सिरी ’ए’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

नापोलीले शुक्रबार राति काग्लियारीलाई २–० ले पराजित गर्दै सेरी ’ए’ फुटबल लिगको उपाधि आफ्नो नाममा पारेको हो ।

स्कट म्याकटोमिने र रोमेलु लुकाकुको गोलले घरेलु मैदानमा नापोलीलाई विजयी बनायो ।

यससँगै नापोलीले तीन वर्षमा दोस्रो पटक तथा समग्रमा चौथो इटालियन लिगको उपाधि जितेको हो । उपाधिका लागि प्रमुख प्रतिद्वन्द्वी इन्टर मिलानले पनि कोमोलाई २–० ले हरायो । यसका बाबजुद इन्टर एक अंकले पछि परेको छ ।

नापोलीले उपाधि जितेपछि नेपाली समयअनुसार शनिबार बिहान डिएगो आर्मान्डो म्याराडोना रंगशाला धुवाँ, फ्लेयर र आतिशबाजीले उज्यालिएको थियो ।

नेपल्स शहरभरि विजयको खुसियाली छाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register