लेखा समिति सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर, थुनछेक बहसको तयारी

काठमाडौं । प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् । उनी सहकारी ठगी प्रकरणमा फरार थिइन् । कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा […]

Jan 8, 2025 - 06:33
 0
लेखा समिति सभापति पोखरेलकी श्रीमती अदालतमा हाजिर, थुनछेक बहसको तयारी

काठमाडौं । प्रतिनिधि सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिन् ।

उनी सहकारी ठगी प्रकरणमा फरार थिइन् ।

कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

मोरङको धनपालथान गाउँपालिका–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।

यो सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेको छ ।

कोइराला अदालत पुगेपछि थुनछेक बहसको तयारी थालिएको बुढाथोकीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register