दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आइतबार प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो । प्रसाईंमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । […]

May 18, 2025 - 11:42
 0
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आइतबार प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो ।

प्रसाईंमाथि आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।

प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुने घटनामा भएको राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका थिए । त्यसदिन प्रसाईं आफैँले प्रहरीमाथि नै गाडी कुदाउन खोजेका थिए । त्यसपछि उनी फरार थिए । भागेर भारत पुगेका उनलाई प्रहरीले पक्राउ गरी काठमाडौं ल्याएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register