पाकिस्तानले तीन दिनमा गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण

काठमाडौं । पाकिस्तानले सोमबार अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । पाकिस्तानी सेनाले यो सतहदेखि सतहसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको दायरा १२० किलोमिटर रहेको बताएको छ । यसअघि मे ३ मा पाकिस्तानले अब्दाली नामक ब्यालिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो । यो क्षेप्यास्त्रको दायरा ४५० किलोमिटर रहेको बताइएको छ । आणविक शक्तिसम्पन्न पाकिस्तान र भारतबीच […]

May 5, 2025 - 10:01
 0
पाकिस्तानले तीन दिनमा गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण

काठमाडौं । पाकिस्तानले सोमबार अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ ।

पाकिस्तानी सेनाले यो सतहदेखि सतहसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको दायरा १२० किलोमिटर रहेको बताएको छ ।

यसअघि मे ३ मा पाकिस्तानले अब्दाली नामक ब्यालिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको बताएको थियो । यो क्षेप्यास्त्रको दायरा ४५० किलोमिटर रहेको बताइएको छ ।

आणविक शक्तिसम्पन्न पाकिस्तान र भारतबीच बढेको तनावको बीचमा यी परीक्षण प्रक्षेपण भएको हो ।

“प्रक्षेपणको उद्देश्य सेनाको परिचालन तयारी सुनिश्चित गर्नु र क्षेप्यास्त्रको उन्नत नेभिगेसन प्रणाली र बढेको शुद्धता सहित प्रमुख प्राविधिक प्यारामिटरहरू प्रमाणित गर्नु थियो,” इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सको विज्ञप्तिमा भनिएको छ ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register