गर्भनिरोधक चक्कीको सेवनले शरीरमा कस्तो असर पर्छ ?

काठमाडौं । आजकल धेरैजसो महिलाहरूले गर्भधारणबाट बच्न गर्भनिरोधक चक्कीहरूको सहारा लिन्छन् । यी चक्कीहरू गर्भ रोक्ने एक सामान्य, सुविधाजनक र प्रभावकारी उपायका रूपमा लोकप्रिय छन् । चक्कीहरू हर्मोनल आधारमा काम गर्छन्, यिनीहरूले अण्डा निष्कासन रोक्ने र शुक्रकीट प्रवेश गर्न नदिने कार्य गर्छ । धेरै चक्की कम्बिनेशन पिल्स हुन्छन्, जसमा एस्ट्रोजन र प्रोजेस्टिन हुन्छन् । चिकित्सकको […]

May 31, 2025 - 11:49
 0
गर्भनिरोधक चक्कीको सेवनले शरीरमा कस्तो असर पर्छ ?

काठमाडौं । आजकल धेरैजसो महिलाहरूले गर्भधारणबाट बच्न गर्भनिरोधक चक्कीहरूको सहारा लिन्छन् । यी चक्कीहरू गर्भ रोक्ने एक सामान्य, सुविधाजनक र प्रभावकारी उपायका रूपमा लोकप्रिय छन् । चक्कीहरू हर्मोनल आधारमा काम गर्छन्, यिनीहरूले अण्डा निष्कासन रोक्ने र शुक्रकीट प्रवेश गर्न नदिने कार्य गर्छ ।

धेरै चक्की कम्बिनेशन पिल्स हुन्छन्, जसमा एस्ट्रोजन र प्रोजेस्टिन हुन्छन् । चिकित्सकको सल्लाहअनुसार यी चक्कीहरूको सेवन अधिकांश महिलाहरूका लागि सुरक्षित र प्रभावकारी मानिन्छन् । यद्यपि, केही अवस्थामा यिनको प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक हुन्छ ।

साइड इफेक्ट

गर्भनिरोधक चक्कीहरूको प्रयोगले केही महिलाहरूमा केही यस्ता समस्याहरू देखिन सक्छन् ।

रगत जम्ने सम्भावना

नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार कम्बिनेशन पिल्समा भएको एस्ट्रोजनले शरीरमा क्लटिङ कारकहरू बढाउन सक्छ, जसले रक्तनलीमा रगत जम्ने जोखिम बढाउन सक्छ ।

हृदय रोग र उच्च रक्तचाप

केही अध्ययनहरूले देखाएको छ कि गर्भनिरोधक चक्कीहरूले हृदय रोगको खतरा हुन्छ साथै रक्तचाप बढाउन सक्छ ।

तौल बढ्ने

केही महिलाहरूमा गर्भनिरोधक चक्कीले तौलमा वृद्धि गराउने देखिएको छ, तर सबैमा होइन ।

महिनावारीमा गडबडी

सुरुका महिनाहरूमा महिनावारीमा अनियमितता हुनसक्छ, तर समयसँगै स्थिर हुन सक्छ ।

कसले गर्भनिरोधक चक्की नलिने ?

  • गर्भवती महिलाहरू
  • ४० वर्षभन्दा माथिका महिलाहरू (विशेष अवस्थामा मात्र चिकित्सकको सल्लाहमा प्रयोग)
  • चुरोट वा मदिरा सेवन गर्नेहरू
  • अत्यधिक मोटोपन भएमा
  • उच्च रक्तचाप वा हृदय रोग भएमा
  • अन्य औषधि सेवन गरिरहेका महिलाहरू

सल्लाह र सुरक्षाका उपाय

  1. चिकित्सकको सल्लाहबिना प्रयोग नगर्नुहोस् ।
  2. नियमित स्वास्थ्य परीक्षण आवश्यक हुन्छ ।
  3. असामान्य लक्षणहरू देखिएमा तुरुन्त जाँच गराउनुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register