मोरङमा ‘लाइदिउँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन

मोरङको सुन्दरहरैंचा आसपासको पर्यटकीय क्षेत्रमा लाइदिउँ की माया टुनामुना पो’ र ‘माया बस्यो है’ बोलको दुई वटा गीतको भिडियो छायाङ्कन भइरहेको छ । ‘लाइदिउँ कि माया टुनामुना पो’ बोलको गीतमा रचना रिमाल र प्रेम घिमिरेको स्वर रहेको छ भने यो गीतको संगीतकार शंखर थापा स्माई हुन । यस गीतमा डि।पि। खनालको शब्द र उदय राज [...] The post मोरङमा ‘लाइदिउँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन appeared first on Jhapa Online.

Feb 23, 2025 - 08:49
 0
मोरङमा ‘लाइदिउँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन


मोरङको सुन्दरहरैंचा आसपासको पर्यटकीय क्षेत्रमा लाइदिउँ की माया टुनामुना पो’ र ‘माया बस्यो है’ बोलको दुई वटा गीतको भिडियो छायाङ्कन भइरहेको छ ।

‘लाइदिउँ कि माया टुनामुना पो’ बोलको गीतमा रचना रिमाल र प्रेम घिमिरेको स्वर रहेको छ भने यो गीतको संगीतकार शंखर थापा स्माई हुन । यस गीतमा डि।पि। खनालको शब्द र उदय राज पौडेलको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा जुना विश्वकर्मा, सम्राट अधिकारी र स्वयम् गायक प्रेम घिमिरेको पनि अभिनय रहेको छ।

अर्को ‘माया बस्यो है’ बोलको गीतमा भने प्रेम घिमिरेकै स्वर तथा संगीत रहेको छ । यस गीतको शब्द रचना भने तिर्थ बास्ताकोटीको हो । गीतको संगीत संयोजनको काम दिनेश न्यौपानेले गरेका छन् । उक्त गीतमा पनि सम्राट अधिकारी र सृष्टि सुब्बाको अभिनय देख्न सकिन्छ। दुवै गीतमा दिनेश पराजुलीले छायाङ्कन गरेका हुन् भने दुवै गीतको डाईरेक्टर अनि कोरियोग्राफर केशब राज भट्ट हुन् ।

दुवै गीतको एजुकेसनल पाट्नर एभरेष्ट ईन्टरनेस्नल स्कुल जापान रहेको छ भने सपोर्टरको रुपमा जापानको कावासाकीमा रहेको दुनाटपरी र लाल्टिन नेपाली रेस्टुरेन्ट रहेको छ। गीत र भिडियोमा मेहनत गरेकोको कारण दर्शक, स्रोताले माया दिने प्रेम घिमिरेले बताए ।

गायक घिमिरे एक दशकदेखि नेपाली संगीत क्षेत्रमा लागेका व्यक्ति हुन् । ललितकला क्याम्पसबाट संगीत विषयमा डिग्री लिएका घिमिरेको आफ्नै स्वर तथा संगीतमा दर्जनौं गीत सार्वजनिक भइसकेका छन् । उनको संगीतमा धेरै गायक गायिकाले स्वर भरिसकेका छन। गायक घिमिरे पनि विगत १५ महिनादेखि जापानमा छन् । उनी जापानमा रहेको नेपाली स्कुल (एभरेस्ट इन्टरनेस्नल स्कुल जापान) मा संगीत विषयको शिक्षक छन् । हाल भने घिमिरे छुट्टीको लागि नेपाल आएका हुन् । सोही अवसरमा उनले दुईवटा गीत निर्माणमा भूमिका दिएका हुन् ।

The post मोरङमा ‘लाइदिउँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register