खाने होइन त तरुल ! (तस्वीरहरू)
काठमाडौं । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा कालिमाटीस्थित थोक तरकारी बजारमा अहिले तरुल किन्नेको भिड देख्न सकिन्छ । विशेषत: माघे सङ्क्रान्तिमा खाइने यो कन्दमुलको यो चाडमा माग हुने गर्दछ । व्यापारीकाअनुसार अहिले कालिमाटीमा देशका विभिन्न क्षेत्रबाट करिब एक लाख टनभन्दा बढी तरुल भित्रिएका छन् । विशेषगरी तराईका सर्लाही, नवलपरासी लगायत र पहाडी जिल्ला नुवाकोट, सिन्धुलीबाट काठमाडौंमा […]

काठमाडौं । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा कालिमाटीस्थित थोक तरकारी बजारमा अहिले तरुल किन्नेको भिड देख्न सकिन्छ । विशेषत: माघे सङ्क्रान्तिमा खाइने यो कन्दमुलको यो चाडमा माग हुने गर्दछ ।
व्यापारीकाअनुसार अहिले कालिमाटीमा देशका विभिन्न क्षेत्रबाट करिब एक लाख टनभन्दा बढी तरुल भित्रिएका छन् ।
विशेषगरी तराईका सर्लाही, नवलपरासी लगायत र पहाडी जिल्ला नुवाकोट, सिन्धुलीबाट काठमाडौंमा तरुल भित्रने गर्दछन् ।
तरुलको जात र प्रजातिअनुसार त्यसको भाउ रहने गरेको छ । अहिले कालीमाटीमा प्रतिढक (पाँच किलो) आकाशे तरुल रु. ५००, वन तरुल रु. ४५०, निलो तरुल रु. ४००, घर (सेतो) तरुल रु. ४००, सिमल तरुल रु. २५० र हात्तीपाइले तरुल रु. ३५० मा बिक्री भइरहेको छ ।
तस्वीरहरु:-
What's Your Reaction?






