२१ औं शताब्दीका महान वैज्ञानिक स्टिफन हकिङः प्रविधिकै कारण देखाउन पाए आफ्नो अद्भुत क्षमता
काठमाडौं । सन् १९४२ जनवरी ८ का दिन बेलायतको अक्सफोर्डमा जन्मिएका स्टिफन ह्वकिङ आफ्नो बेलाका चर्चित भौतिकशास्त्री तथा ब्रह्माण्डविद् थिए । जटिल ब्रह्माण्डका रहस्य बुझाउन उनले दिएको योगदान इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । ब्ल्याक होलको खोजीका लागि गरेको योगदान र प्रतिपादन गरेको थर्मोडाइनामिक्सको सिद्धान्तले हकिङलाई प्रख्यात वैज्ञानिक, भौतिकशास्त्री र ब्रह्माण्डविद्का रूपमा स्थापित बनायो । उनले लेखेको 'अ ब्रिफ हिस्ट्री अफ टाइम' पुस्तक बेस्टसेलर बुक अफ अल टाइम बन्नुका साथै दुई करोड ५० लाख प्रति भन्दा बढी बिक्री भइसकेको छ ।...

What's Your Reaction?






