सेयर बजारमा २९ अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढेर २६१२ दशमलव २० को विन्दुमा पुगेको छ । सोमबार ३२८ कम्पनीका ५५ हजार ९३८ पटकको कारोबारमा ८९ लाख ८ हजार ८५१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ […]

Dec 23, 2024 - 09:41
 0
सेयर बजारमा २९ अङ्कको वृद्धि

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २८ दशमलव ९१ अङ्कले बढेर २६१२ दशमलव २० को विन्दुमा पुगेको छ ।

सोमबार ३२८ कम्पनीका ५५ हजार ९३८ पटकको कारोबारमा ८९ लाख ८ हजार ८५१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ४३ करोड २४ हजार ६०३ रुपैयाँ रहेको छ ।

१९४ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register