हामी सुनको कमण्डलु बोकेर भिख मागिरहेका छौँ : पूर्वराजा ज्ञानेन्द्र (भिडिओसहित)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूले आफ्नो मौलिकता छोड्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले बिहीबार नेपालको भौगोलिक एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा भिडिओ सन्देश जारी गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् । नेपालीहरूले आफ्नो क्षमता चिन्न नसकेको पूर्वराजा शाहको भनाइ छ । पृथ्वीनारायणले दृव्योपदेशमा बताएका विषय लागू गर्नुपर्नेमा उनले जोड दिएका छन् । […]

Jan 10, 2025 - 02:27
 0
हामी सुनको कमण्डलु बोकेर भिख मागिरहेका छौँ : पूर्वराजा ज्ञानेन्द्र (भिडिओसहित)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूले आफ्नो मौलिकता छोड्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले बिहीबार नेपालको भौगोलिक एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा भिडिओ सन्देश जारी गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

नेपालीहरूले आफ्नो क्षमता चिन्न नसकेको पूर्वराजा शाहको भनाइ छ । पृथ्वीनारायणले दृव्योपदेशमा बताएका विषय लागू गर्नुपर्नेमा उनले जोड दिएका छन् । राष्ट्रनिर्माताका मार्गदर्शनलाई आत्मसात् गर्नसके नेपाललाई कसैले केही गर्न नसक्ने उनको दाबी छ ।

‘हामी सुनको कमण्डलु थापेर अरुसँग भिख माग्दै आफ्नो स्रोत र सीपको दुरुपयोग गरिरहेका छौँ । हाम्रो देशले लिनुपर्ने समृद्धिको बाटो र हामीले अवलम्ब गर्नुपर्ने वैदेशिक दृष्टिका सम्बन्धमा राष्ट्र निर्माताबाट स्पष्ट निर्देशन भएको छ,’ ११ मिनेट ४६ सेकेन्ड लामो सन्देशमा उनले भनेका छन् ।

पूर्वराजा शाहले विदेशी भूमिका नीति र दर्शन नेपालीलाई नचाहिने पनि बताएका छन् ।

‘हामीमध्ये कतिपय दाजुभाइ दिदीबहिनी विदेशी भूमिका निर्मित वादमा किन भर परेका हुन् भन्ने प्रश्न गर्नुपर्ने बेला आएको छ,’ उनले भनेका छन् ।

दिव्योउपदेशबाट नेपाललाई तीन शताब्दीअघि नै राष्ट्रवाद र आर्थिक सम्बृद्धिका धारणा प्राप्त भएको पनि पूर्वराजा शाहले उल्लेख गरेका छन् ।

पछिल्लो समय नेपालीहरू विदेशीबाट सिर्जित वादविवादमा गइरहेको भन्दै यसको समीक्षा गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

हेरौँ भिडिओ :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register