कृषि विकास बैंकविरुद्ध लहानका स्थानीय आन्दोलनमा, टायर बालेर प्रदर्शन, प्रहरी दमनबाट आधा दर्जन घाइते !

काठमाडौँ । किस्ता तिर्दातिर्दै पनि कृषि विकास बैंकले सस्तोमा धितो लिलाम गरिदिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । सिराहस्थित बैंकको लहान शाखाले बैंकबाट ऋण लिएका रामचन्द्र यादवको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् । बिहीबार आन्दोलनमा उत्रिएका स्थानीयले घण्टौँसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।   ऋणको साँवा र ब्याज तिर्दातिर्दै पनि […]

Jan 10, 2025 - 03:33
 0
कृषि विकास बैंकविरुद्ध लहानका स्थानीय आन्दोलनमा, टायर बालेर प्रदर्शन, प्रहरी दमनबाट आधा दर्जन घाइते !

काठमाडौँ । किस्ता तिर्दातिर्दै पनि कृषि विकास बैंकले सस्तोमा धितो लिलाम गरिदिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । सिराहस्थित बैंकको लहान शाखाले बैंकबाट ऋण लिएका रामचन्द्र यादवको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।

बिहीबार आन्दोलनमा उत्रिएका स्थानीयले घण्टौँसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए ।  

ऋणको साँवा र ब्याज तिर्दातिर्दै पनि बैंकका कर्मचारीको मिलेमतोमा जग्गा लिलाम भएको भन्दै आन्दोलन गरेका स्थानीयले बैंकको लहान शाखा कार्यालयमा तोडफोडसमेत गरेका थिए । आन्दोलनले उग्र रुप लिने निश्चित देखेपछि प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेको थियो । प्रहरीले भीड नियन्त्रण गर्न ४ राउन्ड हवाई फायर गरेको थियो भने १० राउन्ड हवाई फायर गरेको थियो । 

आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । झडपमा परी प्रहरीतर्फ १० जना बढी घाइते भएको प्रहरीले जनाएको छ । आन्दोलनकारीतर्फ कति घाइते भए ? भन्ने यकिन भएको छैन । 

भएको के हो ? 
लहान नगरपालिका-२ का रामचन्द्र यादवका अनुसार उनले २०७७ फागुन १५ गते बैंकमा ७ धुर जग्गा धितो राखेर ३० लाख रुपैयाँ ऋण लिएका थिए । हालसम्म उक्त ऋणको साँवा र किस्ता गरी कुल १९ लाख ९२ हजार ७ सय ७३ रुपैयाँ तिरेको यादवको भनाई छ । तर, पनि बैंकले आफ्नो जग्गा लिलाम गरिदिएको यादवको आरोप छ ।

बिना जानकारी करिब डेढ करोड पर्ने जग्गा बैंकले कर्मचारीको मिलेमतोमा ३५ लाखमै लिलाम गरेपछि ऋणीपक्ष आन्दोलित बनेका हुन् । उनीहरुले पुष ११ गते बैंकमा तालाबन्दी गरेको थिए । तर, सोही दिन बैंकऋणीबीच भएको करिब ८ घण्टा लामो वार्तापछि बैंकमा लगाइएको ताला खुलेको थियो । तर, फेरी बैंकले सहमतिअनुसार प्रक्रिया अगाडि नबढाएको भन्दै ऋणीहरु बैंकविरुद्ध आन्दोलनमा उत्रिएका छन् । बिहीबार बैंकको लहान शाखामा भएको तोडफोडको घटनापछि बैंकले प्रेस विज्ञप्ति नै जारी गरेको छ । 

के भन्छ बैंक
यता कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौड्यालले कानूनमा टेकेर भएको लिलामी प्रक्रियाको विषयलाई लिएर बैंकमा तोडफोड गर्नू निन्दनीय काम भएको बताएका छन् । बैंकको लहान शाखाले दुई पटक लिलामीको सूचना निकालेर तेस्रो पटकमा धितो लिलाम गरेको बताउँदै प्रवक्ता पौड्यालले बैंकले कुनै पनि कानूनी प्रक्रिया नमिचेको दाबी गरेका छन् । 

‘हामीले धितो लिलामी गर्दा कुनै पनि कानूनी प्रक्रिया मिचेका छैनौँ । दुईपटकसम्म लिलामीको सूचना निकालेको हो । दुई पटक सूचना निकाल्दा कोही आउनुभएन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै पौड्यालले भने, ‘तेस्रो पटक सूचना निकालेर धितो लिलाम गरेपछि महँगो जग्गा सस्तोमा बेच्यो भनेर आन्दोलन गर्नू कानून अनुसार पनि ठिक होइन । कानून र प्रक्रिया अनुसार लिलाम भएको जग्गा अब बैंकले फिर्ता गर्न सक्दैन ।’ 

त्यस्तै, उनले अझै पनि धितो लिलामीको विषयमा विमति भए अदालत जान ऋणी पक्षलाई आग्रह गरेका छन् । ‘जबरजस्ती बैंकमा ताला लगाउने, तोडफोड गर्ने, सुरक्षामा नै थ्रेड हुने गतिविधि गरेर समस्याको समाधान हुँदैन ।’, उनले भने, ‘बरु उहाँहरु अदालत गए हुन्छ । बैंकले गलत गरेको रहेछ भने त्यही अनुसार निर्णय आउला, सही गरेको रहेछ भने अदालतले नै निर्णय गर्नेछ ।’    

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register