कुलमानलाई हटाउने प्रस्तावसहित आज मन्त्रिपरिषद् बैठक बस्दै ! 

काठमाडौँ । आज (सोमबार) मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ पाँच बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बस्ने भएको हो ।  बैठकमा बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिदेखि थुप्रै एजेण्डा पेश गर्ने तयारी गरिएको एक मन्त्रीले बताए ।  ती मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद्को बैठकमा नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने प्रस्ताव पनि पेस गरिने तयारी गरिएको छ । ‘आजको […]

Feb 24, 2025 - 08:07
 0
कुलमानलाई हटाउने प्रस्तावसहित आज मन्त्रिपरिषद् बैठक बस्दै ! 

काठमाडौँ । आज (सोमबार) मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ पाँच बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक बस्ने भएको हो । 

बैठकमा बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिदेखि थुप्रै एजेण्डा पेश गर्ने तयारी गरिएको एक मन्त्रीले बताए । 

ती मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद्को बैठकमा नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने प्रस्ताव पनि पेस गरिने तयारी गरिएको छ । ‘आजको बैठकमा थुप्रै एजेण्डामा छलफल हुनेछ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती मन्त्रीले भने, ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रस्ताव पनि पेस हुँदैछ ।’ 

यसो त प्राधिकरणबाट कुलमानलाई हटाउने चर्चा यसअघि पनि चलेको थियो । तर, बीचमा प्राधिकरण र उद्योगीबीचको जुहारी केही मत्थर भएपछि सो विषय पनि सेलाएको थियो । तर, घिसिङले बक्यौता नतिर्ने उद्योगको लाइन काट्न विद्युत नियमन आयोगसँग अनुमति माग्दै पत्र पठाएपछि फेरि विवाद बल्झिएको छ । 

घिसिङको सो कदम रोक्न उद्योगीहरुले यसअघि नै लबिङ सुरु गरिसकेका थिए । ‘सम्भवतः आजको बैठकले कुलमानलाई प्राधिकरणबाट हटाउन सक्छ ।’, ती मन्त्रिले भने । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register