कुलमानले बुझाए आफ्नो कार्यसम्पादन विवरण 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन विवरण ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुझाएका छन् । घिसिङले बिहीबार गत आर्थिक वर्षमा सम्पादन गरेका काममा मूल्याङ्कनका लागि मन्त्रालयमा ९८ दशमलव ९९ प्रतिशत अङ्क दाबीसहित विवरण पेस गरेका हुन् । उनी ०७८ साउन २५ गते मन्त्रिपरिषद्को निर्णयबाट प्राधिकरणको कार्यकारी […]

Jan 10, 2025 - 09:30
 0
कुलमानले बुझाए आफ्नो कार्यसम्पादन विवरण 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन विवरण ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुझाएका छन् ।

घिसिङले बिहीबार गत आर्थिक वर्षमा सम्पादन गरेका काममा मूल्याङ्कनका लागि मन्त्रालयमा ९८ दशमलव ९९ प्रतिशत अङ्क दाबीसहित विवरण पेस गरेका हुन् ।

उनी ०७८ साउन २५ गते मन्त्रिपरिषद्को निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका निम्ति दोस्रो पटक नियुक्त भएका थिए ।

आव २०७८/७९ र २०७९/८० को कार्यसम्पादनमा उनले क्रमशः ९४ दशमलव २३ र ९८ दशमलव ९४ प्रतिशत अङ्क पाएका थिए । कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा प्राप्ताङ्कका आधारमा घिसिङले प्रोत्साहन भत्ता पाउने व्यवस्था छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register