पाँच महिनामा भित्रियो ६ खर्ब ४० अर्ब रेमिट्यान्स

झापा, २६ पुस । चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४।४ प्रतिशतमात्र बढी हो । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २४।२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह वृद्धि २.५ प्रतिशतमात्र रहेको देखिन्छ । [...] The post पाँच महिनामा भित्रियो ६ खर्ब ४० अर्ब रेमिट्यान्स appeared first on Jhapa Online.

Jan 10, 2025 - 16:34
 0
पाँच महिनामा भित्रियो ६ खर्ब ४० अर्ब रेमिट्यान्स

झापा, २६ पुस । चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

यो अघिल्लो आर्थिक वर्ष यसै अवधिको तुलनामा ४।४ प्रतिशतमात्र बढी हो । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह २४।२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह वृद्धि २.५ प्रतिशतमात्र रहेको देखिन्छ । अमेरिकी डलरमा यस वर्ष ४ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१।१ प्रतिशत थियो । मंसिरमा १ खर्ब १९ अर्ब रुपैयाँ हाराहारी रेमिट्यास आएको छ ।

यस वर्ष वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने बढेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृतितर्फ १ लाख ९० हजार ३ सय ८४ र पुनः श्रम स्वीकृतितर्फ १ लाख ३५ हजार ४ सय २५ छ ।

The post पाँच महिनामा भित्रियो ६ खर्ब ४० अर्ब रेमिट्यान्स appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register