दोमुखा सहकारीको २५ औं सभा

चन्द्र बस्नेतकनकाई, १५ पुस । दोमुखा बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । झापाको कनकाई–३ सुरुङ्गामा मुख्य कार्यालय रहेको संस्थाले सोमबार कनकाई–२ मा स्थित धनुषकोटीमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भरतकुमार थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्पा खानाल (सुवेदी)को प्रमुख आतिथ्य रहेको थियो [...] The post दोमुखा सहकारीको २५ औं सभा appeared first on Jhapa Online.

Dec 30, 2024 - 15:36
 0
दोमुखा सहकारीको २५ औं सभा

चन्द्र बस्नेत
कनकाई, १५ पुस ।
दोमुखा बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

झापाको कनकाई–३ सुरुङ्गामा मुख्य कार्यालय रहेको संस्थाले सोमबार कनकाई–२ मा स्थित धनुषकोटीमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भरतकुमार थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष चम्पा खानाल (सुवेदी)को प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत संस्थाका सदस्य रामजी देवी गौतमले गरेको कार्यक्रममा प्रमुख अतिथि खनाल भगवती बचत तथा ऋण सहकारी सस्थाका उपाध्यक्ष तोमप्रसाद बारकोटी ,कार्यपालिका सदस्य कृष्णमाया भुजेल, भिमसेन बचत तथा ऋण सहकारी सस्थाका व्यवस्थापक खगेन्द्र श्रेष्ठ ,कनकाई सुरुङ्गा सहकारी सस्थाका सचीव श्याम प्रसाद पौडेल, कनकाई सामुदायिक वन उपभोक्ता समितिकी सचिव मान्ता खरेल , कनकाई माद्यामिक विद्यालयका प्रधानद्यापक कणबहादुर डागी ,सल्लाहकार चन्द्र पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाका सचिव खगेन्द्रप्रसाद खनालले सञ्चालन गरेको कार्यक्रममा आव २०८१÷०८२ को नीति, कार्यक्रम तथा बजेट संस्थाका अध्यक्ष थपलियाले प्रस्तुत गर्नुभएको थियोे । आर्थिक बर्ष २०८०÷०८१ सम्ममा ३ हजार २ सय २० जना शेयर सदस्य रहेको व्यवस्थापक रमेशकुमार बारकोटीले जानकारी दिनुभयो ।

संस्थाको शेयरपुँजी १ करोड ८८ लाख ७९ हजार ६०० रुपैयाँ रहेको संस्थाका अध्यक्ष भरतलाल गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्षको प्रतिवेदन अनुसार संस्थाले यस आवमा ८५ लाख ८१ हजार ३ सय ५२रुपैयाँ १० पैसा आम्दानी, ७४ लाख ८२ हजार १ सय ३०रुपैयाँ २६ पैसा खर्च गरी बाडफाँड गर्न योग्य नाफा १० लाख ९९ हजार २ सय २१ रुपैयाँ ८४ पैसा रहेको छ ।

सोही कार्यक्रमकाबिच संस्थाले जेष्टनागरिक पिता गोविन्द प्रसाद घिमिरे र माता पदमाकुमारी पोखरेललाई नगद सहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट बचतकर्ताद्व्य पदमकुमार घिमिरे र आशा मन्डल त्यसैगरी उत्कृष्ट ॠणिमा विन्दा पौडेल र रेणुका श्रेष्ठ तथा उत्कृष्ट कर्मचारीमा दिव्या ढकाल (निरौला) लाई सम्मान गरिएको थियोे । कार्यक्रममा लेखा समिति संयोजक मदनकुमार ढकालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।सस्थामा संचालक समिति सहित लेखा समिति, शिक्षा तथा तालिम उपसमिति ,कर्जा लगानी तथा असुली उप समिति, कर्मचारी पद पुर्ति उप समिति र सल्लाहकार समिति छुट्टाछुट्टै रहेको व्यवस्थापक बारकोटीले जानकारी दिनुभयो ।कार्यक्रमको सन्चालन सचीव खगेन्द्र प्रसाद खनालले गर्नुभएको थियो ।

The post दोमुखा सहकारीको २५ औं सभा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register