छिमेक लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा हेटौंडाको होटल सामनामा सोमबार सम्पन्न भएको हो । उक्त साधारण सभाले सेयरधनीहरुलाई आव २०८०-८१ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर गरि कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय समेत पास गरेको छ । यस […]

Jan 14, 2025 - 07:53
 0
छिमेक लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा हेटौंडाको होटल सामनामा सोमबार सम्पन्न भएको हो ।

उक्त साधारण सभाले सेयरधनीहरुलाई आव २०८०-८१ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सेयर गरि कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय समेत पास गरेको छ । यस वित्तीय संस्थाको चुक्ता पूँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार १०० रुपैयाँबाट बृद्धि गरि ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार ८६८ पुऱ्याउने निर्णय समेत यस साधारण सभाले गरेको छ ।

काठमाडौँको मध्य बानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल सम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख २३ हजार ४ सय २७ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको सस्थाले जनाएको छ ।

वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न सभामा वित्तीय संस्थाका वार्षिक प्रतिवेदन प्रस्तुत भएको थियो । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०८०-८१ मा ९४ करोड ४४ लाख १५ हजार ८७९ रुपैंया २५ पैसा खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

यस अवसरमा यस वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले यस संस्थाको वर्तमान अवस्था तथा भावी योजनाको बारेमा मन्तव्य राखेका थिए । साथै, यस वित्तीय संस्थाको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचनमा आगामी चार वर्षे कार्यकालको लागी कर्ण बहादुर घले र दिलिप राज रेग्मी निर्विरोध निर्वाचित भएका छन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register