राजावादीको आन्दोलनमा दुर्गा प्रसाईं समर्थकलाई ‘नो इन्ट्री’ ! 

काठमाडौँ । राजावादीको आन्दोलनमा दुर्गा प्रसाईं समर्थकलाई सहभागी नगराइने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गते हुने राजावादीको प्रदर्शनमा दुर्गा प्रसाईं र प्रसाईंका समर्थकलाई सहभागी नगराउने घोषणा गरेको हो । राप्रपाले राजसंस्था पुनर्स्थापनाका लागि मंगलबार काठमाडौँमा प्रदर्शन गर्दैछ । तर, सो प्रदर्शनमा राप्रपाले दुर्गा प्रसाईंका समर्थकहरुलाई सहभागी नगराउने र कुनै सहकार्य नगर्ने […]

Apr 7, 2025 - 13:26
 0
राजावादीको आन्दोलनमा दुर्गा प्रसाईं समर्थकलाई ‘नो इन्ट्री’ ! 

काठमाडौँ । राजावादीको आन्दोलनमा दुर्गा प्रसाईं समर्थकलाई सहभागी नगराइने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गते हुने राजावादीको प्रदर्शनमा दुर्गा प्रसाईं र प्रसाईंका समर्थकलाई सहभागी नगराउने घोषणा गरेको हो ।

राप्रपाले राजसंस्था पुनर्स्थापनाका लागि मंगलबार काठमाडौँमा प्रदर्शन गर्दैछ । तर, सो प्रदर्शनमा राप्रपाले दुर्गा प्रसाईंका समर्थकहरुलाई सहभागी नगराउने र कुनै सहकार्य नगर्ने नीति लिएको राप्रपाका एक नेताले जनाएका छन् ।

ती नेताका अनुसार चैत १५ गते (शुक्रबार) तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका क्रममा भएका क्षतिको दोषी दुर्गा प्रसाईं भएको दाबी गर्दै राप्रपाले अब राजावादीको प्रदर्शनमा प्रसाईं र प्रसाईंका समर्थकसँग कुनै सहकार्य नगर्ने नीति लिएको हो । 

प्रसाईंलाई अराजक भन्दै राप्रपाले मंगलबार हुने प्रदर्शनमा दुर्गा प्रसाईंका समर्थकले अराजकता मच्चाउन सक्ने भन्दै यस्तो नीति लिइएको राप्रपाका नेताले बताएका छन् । तीनकुनेको हिंसात्मक प्रदर्शनपछि दुर्गा प्रसाईं भने फरार छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register