निर्माण सुरु भएपछि नेपालमा एमसीसी परियोजना स्थगित 

काठमाडौँ । नेपालमा एमसीसी परियोजना स्थगित भएको छ । अमेरिकी साहयता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ अन्तर्गतका सबै परियोजना स्थगित भएका हुन् ।  एमसीसी परियोजना स्थगितबारे नेपाल सरकारलाई फागुन २ गते इमेलमार्फत जानकारी आएको बताइएको छ ।  एमसीसी परियोजना कार्यान्वयनबारे नेपाल सरकार र अमेरिकी साहयता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ बीच २०७४ भदौ २९ गते सम्झौता भएको […]

Feb 19, 2025 - 03:10
 0
निर्माण सुरु भएपछि नेपालमा एमसीसी परियोजना स्थगित 

काठमाडौँ । नेपालमा एमसीसी परियोजना स्थगित भएको छ । अमेरिकी साहयता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ अन्तर्गतका सबै परियोजना स्थगित भएका हुन् । 

एमसीसी परियोजना स्थगितबारे नेपाल सरकारलाई फागुन २ गते इमेलमार्फत जानकारी आएको बताइएको छ । 

एमसीसी परियोजना कार्यान्वयनबारे नेपाल सरकार र अमेरिकी साहयता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ बीच २०७४ भदौ २९ गते सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि एमसीसी परियोजना ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । 

त्यस्तै, अमेरिकी सरकारले यूएसएड अन्तर्गतका विभिन्न ६ परियोजना पनि रद्द गर्ने निर्णय गरेको छ । यूएसएआईडी बन्द भए नेपालमा हजारौँ एनजिओकर्मीको उठिबास लाग्ने निश्चित छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register