जीबी राईको राहदानी रद्द गर्न कास्की अदालतको आदेश

काठमाडौं । कास्की जिल्ला अदालतले तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश हिमाल बेलबासेको इजलासले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न निर्देशन दिएको हो । राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । राईलाई पक्राउ गर्न एसपीको […]

Jan 17, 2025 - 12:53
 0
जीबी राईको राहदानी रद्द गर्न कास्की अदालतको आदेश

काठमाडौं । कास्की जिल्ला अदालतले तत्कालीन गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश हिमाल बेलबासेको इजलासले राहदानी विभागलाई राईको राहदानी रद्द गर्न निर्देशन दिएको हो ।

राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

राईलाई पक्राउ गर्न एसपीको नेतृत्वमा  मलेसिया गएको प्रहरी टोलीले पक्राउ गर्न नसकेपछि प्रहरीले राहदानी विभागलाई उनको राहदानी रद्द गर्न पत्र लेखेपनि विभागले रद्द नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय कास्कीमार्फत अदालतमा निवेदन दर्ता गरिएको थियो । अदालतले शुक्रबार निवेदकले माग गरेअनुसार आदेश दिएको हो ।

राईमाथि  काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम, वीरगञ्जको सानोपाइला र कास्कीको सूर्यदर्शन सहकारी ठगीमा संलग्नताको आरोप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register