बेलायतमा कार्यरत नेपाली इन्जिनियरहरुलाई आफ्नो देशका लागि काम गर्न ब्रिटिश राजदूतको सुझाव

काठमाडौँ – सोसाइटी अफ नेप्लिज इन्जिनियर्स (सोने) युकेका अध्यक्ष इन्जिनियर सुबोध तिमिल्सिनाले ब्रिटिश राजदूत रब फेनसंग भेटघाट गरेका छन्। मंगलबार लैनचौरस्थित ब्रिटिश दूतावासमा भएको भेटमा  अध्यक्ष तिमिल्सिनाले सोने युकेका गतिविधिहरुबारे राजदूतलाई जानकारी गराए। उनले सोने युकेले बेलायतमा कार्यरत इन्जिनियरहरुको अनुभव नेपालका इन्जिनियर तथा व्यवस्थापकहरुसंग आदानप्रदान गर्न कार्यक्रमहरु आयोजना गरिरहेको जनाए।  अध्यक्ष तिमिल्सिनाले हालै सोने युकेले […]

May 14, 2025 - 08:41
 0
बेलायतमा कार्यरत नेपाली इन्जिनियरहरुलाई आफ्नो देशका लागि काम गर्न ब्रिटिश राजदूतको सुझाव

काठमाडौँ – सोसाइटी अफ नेप्लिज इन्जिनियर्स (सोने) युकेका अध्यक्ष इन्जिनियर सुबोध तिमिल्सिनाले ब्रिटिश राजदूत रब फेनसंग भेटघाट गरेका छन्।

मंगलबार लैनचौरस्थित ब्रिटिश दूतावासमा भएको भेटमा  अध्यक्ष तिमिल्सिनाले सोने युकेका गतिविधिहरुबारे राजदूतलाई जानकारी गराए। उनले सोने युकेले बेलायतमा कार्यरत इन्जिनियरहरुको अनुभव नेपालका इन्जिनियर तथा व्यवस्थापकहरुसंग आदानप्रदान गर्न कार्यक्रमहरु आयोजना गरिरहेको जनाए। 

अध्यक्ष तिमिल्सिनाले हालै सोने युकेले नेपालमा भूकम्प प्रतिरोधी घर निर्माण सम्बन्धी संहिता सम्बन्धी छलफल आयोजना गरेको जानकारी दिए।

उनले सोने युकेले सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालसंग मिलेर अन्तरराष्ट्रिय अनुभवको आधारमा नेपालमा शहरी यातायातमा  सुधार विषयक वेबिनार योजना गरिएको बताए।

उनले सोने युकेले यस अघि १,२०० मेगावाट बुढी गण्डकी जलविद्युत आयोजनाका चुनौती र अवसरहरुबारे छुट्टै अन्तरक्रिया गरेको पनि जानकारी दिए। 

‘नेपालमा भूकम्प प्रतिरोधी घर निर्माण गर्न आवश्यक संहिता बनाउनेबारे पनि हामीले नेपाल सरकारलाई सुझाव दिन लागेका छौं,’ उनले भने। उनले भूकम्पले मानिसहरुको ज्यान लिने नभई कमजोर संरचना भत्किएर मानिसहरुको ज्यान जाने गरेको स्मरण गर्दै म्यान्मारमा हालै गएको भूकम्प नेपालको लागि चेतावनी घन्टीको रुपमा आएको बताए।

उनले  भूकम्प प्रतिरोधी घर बनाउन नेपाल सरकारसंग सहकार्य गर्न ब्रिटिश सरकारलाई अनुरोध पनि गरे।


उक्त अवसरमा नेपालका लागि ब्रिटिश राजदूत रब फेनले सोने युकेले गरेका कामहरुको प्रशंसा गर्दै प्रवासमा कार्यरत इन्जिनियरहरुले आफ्नो अनुभव र ज्ञानबाट आफू जन्मिएको मुलुकको हितमा धेरै काम गर्न सक्ने बताए। 

उनले भारतको जस्तै नेपाली डायस्पोराले पनि नेपालको हितमा अगाडि आएर नेतृत्व लिनुपर्ने सुझाव दिए। उनले सोने युके जस्ता पेशागत संस्थाहरुसंग मिलेर काम गर्न ब्रिटिश राजदूतावास सधैं तयार रहेको पनि जनाए।

भेटघाटमा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी तथा युवा व्यवसायी समृद्ध तिमिल्सिना पनि सहभागी थिए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register