बालकहरुप्रति हुने यौन हिंसाको सवालमा सचेतना कार्यक्रम

काठमाडौं बालकहरुप्रति हुने यौन हिंसाको सवालमा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । बाल परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालकहरुको पीडा बुझ्ने र सुन्ने थोरै भएको अवस्था भएको र यौन हिंसाको सिकार बालिका मात्र हुन्छन् भन्ने सोचका बीच सन् २०२१ देखि निलो छाता दिवस मनाएर बालकहरु हिंसा हुने गरेको तथ्य बाहिर आएको बताइन् । “बालकहरुमाथि हुने यौन […]

May 14, 2025 - 17:41
 0
बालकहरुप्रति हुने यौन हिंसाको सवालमा सचेतना कार्यक्रम

काठमाडौं

बालकहरुप्रति हुने यौन हिंसाको सवालमा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । 
बाल परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले बालकहरुको पीडा बुझ्ने र सुन्ने थोरै भएको अवस्था भएको र यौन हिंसाको सिकार बालिका मात्र हुन्छन् भन्ने सोचका बीच सन् २०२१ देखि निलो छाता दिवस मनाएर बालकहरु हिंसा हुने गरेको तथ्य बाहिर आएको बताइन् ।

“बालकहरुमाथि हुने यौन हिंसाको घटनालाई नीलो छाता अभियानले विश्वसामु फैलाएको छ, कानुनी मान्यताको लडाईमा पनि लागिरहेको छ”, उनले भनिन् , “नेपाल पनि यो अभियानमा लागेको छ ।”
       
बालकको संरक्षणका लागि सुरु भएको हस्ताक्षर अभियान थप महत्त्वपूर्ण भएको र कानुनी मान्यतासहित सामूहिक प्रयासले मात्र बालअधिकार सुरक्षित हुने र अभियानमा सबै क्षेत्रको सक्रियताको खाँचो रहेको उनको भनाइ थियो । “बालकको संरक्षणका लागि कानुन संशोधनमा गएको छ”, सदस्य सचिव ढकालले भनिन् , “परिषद् कानुन संशोधन गर्न प्रतिबद्धता छ ।”

सन् २०२५ मा सार्वजनिक भएको ल्यासेन्ट पब्लिकेसनमा प्रकाशित अध्ययनको रिपोर्टअनुसार विश्वमा १४.८ प्रतिशत पुरुषहरुले १८ वर्ष पुग्नुअगावै यौन हिंसा भोग्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
       
सूचना प्रविधिको प्रविधिको प्रयोगसँगै बालकहरु यौन हिंसाको जोखिममा रहेका छन् । नेपाल प्रहरी साइबर ब्युरोको तथ्याङ्कअनुसार आव २०७९-८० मा जम्मा १७६ जना बालबालिका (बालक ५१ र बालिका १२५) साइबर अपराध पीडित भएकोमा आव २०८०-२०८१ मा २५३ बालक र बाँकी ३८२ बालिका रहेको पाइएको छ ।

बाल आवाजका निर्देशक राजु घिमिरेले महिला, किशोरी, बालिकालाई मात्रै यौन हिंसा हुन्छ भन्ने बुझाइ रहेकोमा बालकहरु वा छोरा पनि यौन हिंसामा पर्ने हुनाले छुट्टै कानुनको आवश्यकता रहेको बताए । उनले बालकहरुमाथि हुने यौन हिंसाविरुद्ध निलो छाता अभियान सञ्चालन गरेको भनाइ राखे ।
       
नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि १९८९ मा प्रतिबद्धता जनाई हस्ताक्षर गरेको ३६ वर्ष भएको छ । नेपालको संविधान २०७२ ले बालअधिकारलाई मौलिक हकका रुपमा राखेको छ । बालबालिकासम्बन्धी ऐन २०७५, बालबालिकासम्बन्धी नियमावली २०७८ लगायत विभिन्न बालसंरक्षणसम्बन्धी दर्जनौँ कानुनहरु, निर्देशिका, कार्यविधि बनेको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा बालबालिकाहरु यौन दुर्व्यवहार, हिंसा र शोषण पर्नुपरेको छ ।

सञ्चारकर्मी कीर्ति भट्टराईले ‘बालकहरुमाथि हुने यौन हिंसाविरुद्ध नीलो छाता अभियान’ विषयक कार्यत्रपत्र प्रस्तुत गर्दै हिंसा र दुर्व्यवहार सहन नसकेर कतिपय बालकहरुले आत्महत्यासम्मको अवस्थामा पुगेको बताइन्  ।
       
यो अभियानलाई सफल बनाउन नेपालबाट सन् २०२४ मा सुरु भएको हस्ताक्षर सङ्कलन अभियान २०२५ सेप्टेम्बरसम्ममा अनलाइन र अफलाइन माध्यमबाट ४० हजार पु¥याउने लक्ष्य राखेको छ ।             
       
उनले छोराहरु यौन हिंसामा पर्दैनन् भन्ने सोच आम मानिसमा रहेको भए पनि पीडित बालकहरुलाई न्याय दिन सकिएको अवस्था रहेको र शिक्षा तथा कानुनमा पनि भर्खरै संशोधन भएको र बालिका भनिएको ठाउँमा संशोधित कानुनमा बालबालिका भन्ने शब्द राखिएको जानकारी दिइन् ।

  सन् २०२१ अप्रिल २६ तारिखलाई भ्वाइस अफ चिल्डेनले सचेतना दिवसका रुपमा मनाउँदै आएको छ । बालकहरुमाथि पनि यौन हिंसा हुन्छ भन्ने सन्देशसहितको चित्रकला प्रदर्शन र विभिन्न माध्यमबाट सचेतना जगाउने काम गरेको बताएको छ ।

खोजतलास केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) महेश थापाले प्रहरीमा दर्ता हुन आएका मुद्दालाई हामीले गम्भीर रुपमा अध्ययन गरी पीडकलाई कानुनी कारबाहीको दायरामा ल्याउने गरेका जानकारी दिए ।

सहभागीहरूले नेपालका बाल बालिकाहरुको यौन दुर्व्यवहारका विषयमा थप अनुसन्धान गर्नुपर्ने र थप पीडित हुन नदिनेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

चित्रकला प्रद्र्धशनीमा साथी संस्था, सि डब्लु सीएन, सिविन नेपाल, हामी दाजुभाई, भ्वाईस अफ चिल्ड्रेनले भाग लिएका थिए । उक्त कार्यक्रममा अग्रज पत्रकार टंक पन्त, बविता बस्नेत, इन्द्रा देवी ढकाल, कृष्ण कुमार थापालाई मायाको चिनो प्रदान गरिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register