जम्मू–कश्मीरमा मारिएका सुदीपको आज अन्त्येष्टि गरिँदै

बुटवल । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको बन्दुकधारीहरूको आक्रमणबाट मारिएका बुटवलका सुदीप न्यौपानेको आज (बिहीबार अन्त्येष्टि गरिँदै छ । त्रिवेणीघाट लगेर उनको अन्त्येष्टि गरिने बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए । सुदीपको शवलाई दिल्लीबाट लखनऊसम्म हवाई मार्ग र त्यसपछि बुटवलसम्म स्थलमार्ग हुँदै एम्बुलेन्समा ल्याइएको थियो । उनको शव बिहीबार बिहान बुटवलस्थित कालिकानगरमा रहेको घरमा […]

Apr 24, 2025 - 05:09
 0
जम्मू–कश्मीरमा मारिएका सुदीपको आज अन्त्येष्टि गरिँदै

बुटवल । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको बन्दुकधारीहरूको आक्रमणबाट मारिएका बुटवलका सुदीप न्यौपानेको आज (बिहीबार अन्त्येष्टि गरिँदै छ ।

त्रिवेणीघाट लगेर उनको अन्त्येष्टि गरिने बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए ।

सुदीपको शवलाई दिल्लीबाट लखनऊसम्म हवाई मार्ग र त्यसपछि बुटवलसम्म स्थलमार्ग हुँदै एम्बुलेन्समा ल्याइएको थियो । उनको शव बिहीबार बिहान बुटवलस्थित कालिकानगरमा रहेको घरमा पुर्याइएको थियो ।

सुदीपको शव ल्याउन सुनौली नाकासम्म परिवारका सदस्य तथा नेपाली सेना लगायतका पुगेको बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्षसमेत रहेका सुदीपका काका दधिराम न्यौपानेले बताए ।

गएको शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहित कश्मीर गएका सुदीपमाथि बन्दूकधारीहरूको आक्रमणमा परी मङ्गलवार मृत्यु भएको हो ।

जम्मू–कश्मीरमा मारिएका सुदीपको शव नेपाल ल्याइयो

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register