एपीएफको तेस्रो जित, सुदूरपश्चिम ५९ रनले पराजित

काठमाडौं । महिला प्रधानमन्त्री कपमा एपीएफले तेस्रो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको खेलमा सुदूरपश्चिमलाई ५९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको भने यो पहिलो पराजय हो । एपीएफले दिएको १२७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ६७ रन मात्र बनायो । सुदूरपश्चिमका लागि कविता कुँवरले […]

Jan 18, 2025 - 07:36
 0
एपीएफको तेस्रो जित, सुदूरपश्चिम ५९ रनले पराजित

काठमाडौं । महिला प्रधानमन्त्री कपमा एपीएफले तेस्रो जित हासिल गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको खेलमा सुदूरपश्चिमलाई ५९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको भने यो पहिलो पराजय हो ।

एपीएफले दिएको १२७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ६७ रन मात्र बनायो ।

सुदूरपश्चिमका लागि कविता कुँवरले २९ रन बनाइन् । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

एपीएफका लागि इन्दु बर्मा, कविता जोशीले २–२ तथा सबनम राईले १ विकेट लिइन् ।

यसअघि एपीएफले निर्धारित १८ ओभरमा २ विकेटको क्षतिमा १२६ रन बनाएको थियो ।

एपीएफका लागि कप्तान इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् । उनले ४५ बलमा १० चौका प्रहार गर्दै ५८ रन जोडिन् । साथै, ममता चौधरीले ३६ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि इन्दु र ममताले ८१ रनको साझेदारी गरेका थिए ।

कविता जोशीले १३ रन बनाउँदा ओपनर राजमती ऐरीले भने २ रनमै आउट भइन् ।सुदूरपश्चिमका लागि जानकी थापाले एक विकेट लिइन् ।

खराब मौसमका कारण खेल ढिला सुरु हुँदा ओभरलाई १८ ओभरमा घटाइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register